२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपत्यकामा निषेधाज्ञा एक साता थप

उपत्यकामा निषेधाज्ञा एक साता थप


काठमाडौं-काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप गरिएको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा २९ बैशाखसम्म थप गर्ने निर्णय गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

यसअघि १६ बैशाखबाट जारी निषेधाज्ञा भोलि राति १२ बजेबाट सकिदैं थियो । कोभिड-१९ संक्रमणको जोखिम उच्च बनेको निष्कर्ष निकाल्दैं प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा अझ कडा बनाउने निर्णय पनि गरेको छ । अब अत्यावश्यकबाहेक घरबाहिर निस्कन समेत पाइने छैन । अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई होल्डिंग सेन्टरमा राखेर जरिवाना गरिनेछ ।

यसअघि साँझ र विहान २ पटक पसलहरु खुल्ला हुँदैं आएकोमा अब एक पटक विहान मात्रै पसलहरु खुल्ला रहनेछन् । विहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारीलगायतका पसलहरु खोल्न दिइनेछ ।

यस्तै, सवारी आवागमनमा पनि कडाइ हुने भएको छ । प्रशासनले यसअघि जारी गरेका सबै पासहरु रद्ध गर्ने निर्णय गरेको छ । बैंक तथा वित्तिय संस्थाका २५ प्रतिशत कार्यलयहरु खुल्ला राख्न पाइनेछ भने त्यहाँ २० प्रतिशत कर्मचारीलाई मात्र काममा लगाउन पाइनेछ ।

यस्तै, प्रमुख जिल्ला अधिकारीहरुको बैठकले फुटपाथ र ठेलागाडामा रोक लगाउने निर्णय गरेको छ । मास्क नलगाउनेलाई पनि कारवाही गर्ने निर्णय भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ