२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थपिए ७६६० कोरोना संक्रमित, एकैदिन ५५ जनाको मृत्यु 

देशभर थपिए ७६६० कोरोना संक्रमित, एकैदिन ५५ जनाको मृत्यु 


काठमाडौं – देशभर ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ६ सय ६० जनामा कोरोना पुष्टि भएको हो।

काठमाडौँ उपत्यका मध्ये सबैभन्दा बढी काठमाडौंमा २ हजार ७ सय ७१, भक्तपुरमा  ५ सय १३ र ललितपुरमा ६ सय १  जना गरेर काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ८ सय ८५  जनामा पोजेटिभ देखिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ जना निको भएका छन्। यससँगै कोरोनामुक्त हुने संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ । त्यस्तैगरी, पछिल्लो २४ घण्टामा थप ५५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ हजार ४ सय १७ पुगेको छ।

दिनानुदिन संक्रमणका केस बढ्नुका साथै मृतकको संख्या पनि तीव्ररुपले बढ्दै गैरहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ