२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविराटले थप ४० शैय्या विस्तार गर्दै, निजी अस्पताल संक्रमितले भरिए

विराटले थप ४० शैय्या विस्तार गर्दै, निजी अस्पताल संक्रमितले भरिए


विराटनगर – दोस्रो लहरको कोरोना संक्रमण तिव्र रूपमा फैलिएपछि संक्रमितले विराटनगरका दुई ठूला मेडिकल कलेजले संचालनमा ल्याएको कोभिड अस्पतालका शैय्या भरिएपछि थप विस्तारमा लागि परेको छ । मोरङको बुढीगंगा गाउँपालिका – १ टंकिसनवारीमा रहेको विराट टिचिङ्ग हस्पिटलले संचालनमा ल्याएको १ शैय्याको कोभिड अस्पताल विरामीले भरिएपछि थप बिस्तार गरेको छ ।

सो अस्पतालले अक्सिजनसहितको ४० शैय्या थप गरि मंगलबारदेखि संचालनमा ल्याउने तयारी गरेको कोभिड अस्पतालका संयोजक सुनिल देवले जानकारी दिए । ‘संक्रमण बढेपछि अस्पताल आउने बिरामीको संख्या बढेको छ ।

अस्पतालको शैय्या कोरोना संक्रमितले भरिएपछि थप विस्तार गर्न जुटेका छौं,’ संयोजक देवले भने, ‘अहिले आउने विरामी अक्सिजन आवश्यक पर्ने खालका बढी आउने गरेका छन् । त्यही भएर हामीले अक्सिजनसहितको ४० शैय्या थप गर्ने तयारीमा रहेका छौं ।’ मंगलबार साझसम्ममा थप ४० शैय्याको अक्सिजनसहितको तयार गरि थप विरामी भर्ना लिन थालिने तयारी गरिएको उनले बताए ।

यसअघि १० शैय्याको भेन्टिलेटरसहितको आइसियू गरि १ सय शैय्याको विराटले छुट्टै कोभिड अस्पताल संचालनमा ल्याएको थियो । प्रदेश १ को राजधानी विराटनगरमा दैनिक संक्रमणको दर बढन थालेपछि यहाँका निजी अस्पतालले संचालनमा ल्याएको कोभिड अस्पताल भरिएका छन् । विराटमा मंगबलारसम्म आइसीयमा ७ जनासहित १ सय २५ कोरोना संक्रमितको उपचार भइरहेको साहले जानकारी दिए ।

नोबेल मेडिकल कलेजले संचालनमा ल्याएको कोभिड अस्पतालमा पनि कोरोना संक्रमितले भरिएको छ । १ सय शैय्याको अस्पतालमा ९० जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मंगलबार विहान चार जना कोरोना संक्रमितको मृत्यु भएपछि चार शैय्या खाली रहेको उनले बताए ।

‘खाली भएको शैय्याको लागि पनि विरामी ल्याउने जानकारी आइसकेको छ,’ उनले भने, ‘पछिल्लो समयमा अस्पताल भर्ना हुने कोरोना संक्रमितको चाप बढेपछि अस्पतालले शैय्या विस्तारमा गर्ने योजना बनाएको छ ।’ संक्रमितको संख्या दैनिक बढदै जादा अस्पताल भर्ना हुने कडा संक्रमण भएका संक्रमित आउने संख्या बढेकोले अस्पतालले शैय्या विस्तार गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।

कोशीमा गम्भिर र अक्सिजन आवश्यक पर्ने बिरामी मात्र भर्ना

प्रदेश १ सरकारले सञ्चालन विराटनगरमा संचालनमा ल्याएकोे कोशी कोभिड उपचार केन्द्रमा अक्सिजन आवश्यक पर्ने गम्भिर खालका बिरामी मात्र भर्ना लिने गरेको छ । त्यही भएर मंगलबार ५३ बेड खालि छ ।

२१ वटा भेन्टिलेरसहितको आइसियू र ८३ वटा अक्सिजनसहितको बेड गरी ९६ शैय्याको अस्पतालमा मंगलबार दिउँसोसम्म ४३ जना संक्रमितको उपचार भइरहेको केन्द्रका प्रमुख बैजनाथ साहले जानकारी दिए । भर्ना भएका मध्ये १६ जना भेन्टिलेटरसहितको आइसियूमा छन् । २७ एचडीयूमा छन् ।

८० बेडको कोरोना उपचार केन्द्र भने ममर्तका लागि भन्दै प्रदेश सरकारले बन्द गरेको छ । बिरामी भर्ना भएका उपचार केन्द्रमा पनि बिरामीको चाप बढेकाले बेड भरिन समय नलाग्ने उनले बताए । ‘संक्रमित बिरामीको संख्या बढदै गएको छ,’ साह भने, ‘अस्पताल आउने अधिकांश अक्सिजन लेभल कम भएका बिरामी छन् ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ