२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररेम्डीसिभिर औषधी अचुक औषधी होइन : औषधी व्यवस्था विभाग

रेम्डीसिभिर औषधी अचुक औषधी होइन : औषधी व्यवस्था विभाग


काठमाडौँ – कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको रेम्डीसिभिर औषधी अचुक औषधी नभएको औषधी व्यवस्था विभागले जनाएको छ। सबै प्रकारका कोभिड बिरामीहरुलाई सो औषधी आवश्यक नपर्ने र अचुक औषधी नभएको भन्दै सिफारिसकर्ता चिकित्सकहरुले समेत उपचार प्रोटोकल अनुसार मात्र प्रयोग गर्न गराउन विभागले अनुरोध गरेको छ।

मंगलबार बंगलादेशबाट उत्पादित रेम्डीसिभिर औषधीको ३ हजार भाइल हाम्रो मेडी कन्सर्न प्राइभेट लिमिटेड काठमाडौँले आयात गरेको थियो। सो औषधी तोकिएको कोभिड अस्पतालहरुमा बाडिएको विभागले जनाएको छ।

विभागका अनुसार सो औषधी प्राप्त गरेका अस्पतालहरुले अनिवार्यरुपमा संलग्न ढाँचामा त्यसको प्रयोगको विवरण अनिवार्य रुपमा आयातकर्ता र विभागमा पेश गर्नु पर्नेछ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ