२०७८ असार ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिजी अस्पताललाई तोकेकोभन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

निजी अस्पताललाई तोकेकोभन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौँ – निजी अस्पताललाई तोकेको भन्दा बढी शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले बुधबार सूचना जारी गरी महामारीको समयमा निजी अस्पतालहरुले तोकिएकोभन्दा बढी शुल्क लिने गरेको गुनासोहरु आइरहेको हुँदा त्यस्ता कार्य बन्द गर्न निर्देशन दिएको हो।

मन्त्रालयले भन्यो, ‘कोरोना महामारीको संकटमा एकअर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुख दिने, समस्या बढाउने कार्यप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस किसिमले अनावश्यक शुल्क लिने लगायत गैर कानुनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्था उपर यस्ता कार्य नगर्न र नगराउन सचेत गराइन्छ।’

यस्ता गतिविधिमा मन्त्रालयको अनुगमन भैरहेको र सर्वसाधारण सबैमा यस्ता गतिविधिहरु भएको पाइएमा मन्त्रालयको प्रशासनमा खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ।

अनावश्यकरुपमा शुल्क लिएको पाइएमा कडा भन्दा कडा कारवाही गरिने मन्त्रालयले चेतावानी समेत दिएको छ।

यस्तो छ सूचना :

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)