२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअक्सिजन सिलिण्डर लुकाउनेलाई संक्रामक रोग ऐनअनुसार कारवाही गरिने

अक्सिजन सिलिण्डर लुकाउनेलाई संक्रामक रोग ऐनअनुसार कारवाही गरिने


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै पनि अक्सिजन र अक्सिजन सिलिण्डरहरु उधोग धन्दा प्रयोग भइरहेको भन्दै तत्काल अस्पतालहरुलाई उपलब्ध गराउन भनेको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले बिहीबार एक सूचना जारी गर्दै सिलिण्डरहरु अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न आग्रह गरेका छन् ।

मन्त्रालयले अक्सिजन र अक्सिजन सिलिण्ड उधोग भन्दा प्रयोग नगर्ने नेपाल सरकारको निर्णय विपरित अहिले पनि विभिन्न उधोगधन्दामा अक्सिजन र अक्सिजन सिलिण्डरहरु प्रयोग भइरहेको जनाएको छ ।

साथै, उसले अनुगमनका क्रममा ठूलो मात्राममा अक्सिजन सिलिण्डरहरु खाली रहने वा भरेर भण्डार गरेर राख्ने पाइएको भन्दैं यसरी नराख्न सबैलाई अनुरोध समेत गरेको छ ।

मन्त्रालयले सरकारको निर्णयको पालना नगर्नेलाई संक्रामक रोग ऐन, २०२० अनुसार अनुगमन गरी कारवाही गर्ने जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ