२०७८ जेठ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रतिनिधीसभाका चार जना सांसदलाई कोरोना संक्रमण

प्रतिनिधीसभाका चार जना सांसदलाई कोरोना संक्रमण


काठमाडौं-प्रतिनिधीसभाका चार जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार प्रतिनिधी सभाका सांसद र कर्मचारीसहित ६ सय ९ जनाको स्वाब संकलन गरिएको थियो ।

संकलन गरिएका स्वाबमध्ये प्रतिनिधीसभामा चार जना सांसद र २ जना कर्मचारीमा बिहीबार कोभिड-१९ संक्रमण पोजेटिभ देखिएको हो । अन्य सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना संक्रमण पुष्टि भएका चार सांसदमध्ये तीन जना जनता समाजवादी पार्टीका र एक जना नेपाली कांग्रेसका रहेका छन् । जसमा जनता समाजवादीका सांसद लक्ष्मणलाल कर्ण, रामबाबु यादव र नरमाया ढकाल रहेका छन् भने नेपाली कांग्रेसका पार्वती डिसी चौधरी रहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

२७ बैशाखका लागि तय भएको संसद बैठकका लागि बुधबार १२८ जना सांसदसहित संसदका कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मी गरी ६०९ जनाको स्वाब संकलन गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)