२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ९ हजार ७० जनामा कोरोना संक्रमण, २ हजार ७ सय ७ संक्रमणमुक्त

थप ९ हजार ७० जनामा कोरोना संक्रमण, २ हजार ७ सय ७ संक्रमणमुक्त


काठमाडौं-नेपालमा थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ३ हजार १ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणमुक्त भएका संक्रमितको संख्या २ लाख ९२ हजार ४ सय ९० पुगेको छ ।

मन्त्रालयकोअनुसार पछिल्लो २४ घण्टामा ५४ कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ३ हजार ५ सय २९ जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ