२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ संक्रमणबाट बरिष्ठ चिकित्सक प्रा.डा. कनकबहादुर रावतको निधन

कोभिड-१९ संक्रमणबाट बरिष्ठ चिकित्सक प्रा.डा. कनकबहादुर रावतको निधन


काठमाडौं-बरिष्ठ नेफ्रोलोजिष्ट प्रा.डा. कनकबहादुर राउतको निधन भएको छ । मंगलबार बिहान ६ बजे उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेले जानकारी दिए ।

फिजिसियान नेफ्रोलोजिष्ट डा. रावतको सिभियर कोभिडबाट ७२ वर्षको उमेरमा निधन भएको हो । कोभिड-१९ को संक्रमण भएपछि उनलाई जेठको दोस्रो साता अस्पताल भर्ना गरिएको थियो ।

डा. रावतले लामो समय त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान र त्रिवि शिक्षण अस्पतालमा बिताएका थिए । उनी त्रिविको पुराना फ्याकल्टीमा पर्छन् ।

मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलले उनलाई आदर्श चिकित्सक भनेका छन् । ‘प्रा.डा. कनकबहादुर रावत एउटा यस्तो चिकित्सक, एउटा यस्तो एकेडेमिसियन र एउटा यस्तो व्यक्ति जसको गुणको ब्याख्या गर्न शब्दको कमी भइरहेको छ, आज हामीबीच हुनुहन्न,’ डा. रावतको निधनपछि फेसबुकमा उनले लेखेका छन्, ‘संसारभरि छरिएर रहेका नेपाली चिकित्सकका लागि उहाँ आदर्श स्थापित गरेर जानुभएको छ । शिक्षणमा एमडी पढ्ने बेलामा उहाँलाई कुशल चिकित्सकका रुपमा चिन्ने गथ्र्यौ । तर, पछि गएर उहाँको सरल जीवनले मलाई असाध्यै प्रभावित गथ्र्यो ।’

डा. ओममूर्तिले उनलाई सबैभन्दा इमान्दार चिकित्सक भएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ