२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिशुली अस्पतालमा आईसीयु/एचडियु सेवा विस्तार

त्रिशुली अस्पतालमा आईसीयु/एचडियु सेवा विस्तार


काठमाडौं–नुवाकोटको त्रिशुली अस्पतालले आईसीयु र एचडियु सेवा विस्तार गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेकाअनुसार ७ वटा भेन्टिलेटरसहित ६ बेडको आईसीयुबाट १२ बेड र ४ बेडको एचडियुबाट ८ बेड गरी जम्मा २० बेडको आईसीयु/एचडियु बनाइएको छ ।

डा. पाण्डेकाअनुसार अस्पतालको सेवामा विस्तार गरेसँगै यसले नुवाकोट, रसुवा र धादिङ जिल्लाका कोभिड–१९ का गम्भीर संक्रमित बिरामीहरुको उपचार गर्न सहज हुनेछ ।

‘अहिले बेडकै अभावमा कोभिड–१९ संक्रमितले ज्यान गुमाइरहेका छन्,’ उनले भने, ‘हाम्रो अस्पतालको क्षमता विस्तारले कोभिड–१९ का गम्भीर संक्रमितको उपचार गर्न सहज हुनेछ ।’

अस्पतालले आईसीयु/एचडियु सेवा विस्तारमा सहयोगका लागि नुवाकोटका स्थानीय नागरिक, समाजसेवी, वुद्धिजीवि, विभिन्न संघसंस्था, जनप्रतिनिधी र स्थानीय प्रशासनको सहयोगका लागि धन्यवाद समेत दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ