२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘अल्फा’ र ‘डेल्टा’ भेरियन्टमा कोभ्याक्सिन प्रभावकारी देखिएको अमेरिकी वैज्ञानिकको दावी

‘अल्फा’ र ‘डेल्टा’ भेरियन्टमा कोभ्याक्सिन प्रभावकारी देखिएको अमेरिकी वैज्ञानिकको दावी


अमेरिकाको शीर्ष स्वास्थ्य अनुसन्धान संस्थान नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच)ले कोभ्याक्सिन ‘अल्फा’ र ‘डेल्टा’ भेरियन्टमा प्रभावकारी पाइएको दावी गरेको छ। कोभ्याक्सिन लगाउने मानिसमा गरिएको अध्ययनबाट सो खोपले सार्स-सीओभी-2 को बी.1.1.7 (अल्फा) र बी.1.617 (डेल्टा) स्वरूपमा प्रभावकारी रुपमा एन्टीबडी विकास गर्ने पत्ता लागेको शीर्ष स्वास्थ्य अनुसन्धान संस्थान मानिने एनआइएचले जनाएको छ ।

एनआईएचका अनुसार कोभ्याक्सिन लगाएका व्यक्तिबाट लिएको ब्लड सेरमको दुई नतिजाबाट अल्फा र डेल्टा भेरियन्टविरुद्ध एकदमै प्रभावकारी पाइएको हो। संस्थाले खोजको तथ्यांकको आधारमा उक्त दावी गरिएको उल्लेख गरेको छ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका निर्देशक डा. बलराम भार्गवले गत शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘कोभिड-१९ को खोप कोभिशिल्ड र कोभ्याक्सिन सार्स-सीओभी-2को अल्फा, बीटा, गामा एंव डेल्टा भेरियन्टविरुद्ध काम गर्छ। तर हाम्रो टिम अब यो पत्ता लगाउनमा जुटेको छ कि ती भ्याक्सिन नयाँ भेरियन्टविरुद्ध कतिको प्रभावकारी छ।’

उक्त दुई भेरियन्ट पहिला अमेरिका र भारतमा देखिएको थियो । तेस्रो चरणको अन्तरिम परिमाणले यसको प्रभावकारिता ८१ प्रतिशत रहेको जनाएको थियो।

कोभ्याक्सिन भारत बायोटेकको कम्पनीले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग समन्यव गरेर बनाएको हो। हालसम्म उक्त खोप भारत र अन्य देश गरेर २५ मिलियनले लगाइसकेका छन्।

-स्रोत : द इकोनोमिक्स टाइम 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ