२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनबाट १५ दिनभित्र यसरी ल्याइदैंछ ४० लाख डोज खोप

चीनबाट १५ दिनभित्र यसरी ल्याइदैंछ ४० लाख डोज खोप


काठमाडौं—सरकारले चीनबाट १५ दिनभित्र ४० लाख डोज कोभिड—१९ विरुद्धको खोप ल्याउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईकाअनुसार नेपाल वायु सेवा निगमको वाइडबडीले चीनबाट ४० लाख डोज खोप नेपाल ल्याउनेछ ।

‘४० लाख भ्याक्सिन चीनबाट ल्याइने फ्लाइट सेडयुल नेपाल वायु सेवा निगमले सार्वजनिक गरिसकेको छ । ‘अब स्वास्थ्य मन्त्रालयले खोप लगाउने उमेर समूहको निर्धारण र कार्य तालिका प्रकाशन गर्नेछ,’ भट्टराईले ट्वीटरमा भनेका छन्, ‘थप खोप ल्याउने प्रयास पनि जारी छ ।’

नेपाल वायु सेवा निगमको पहिलो खेप ८ जुलाईमा ल्याउने छ । यस्तै, दोस्रो खेप त्यसको भोलिपल्ट ९ जुलाईमा आउनेछ ।

१५ जुलाईमा तेस्रो खेप, १६ जुलाईमा चौथो खेप र २२ जुलाईमा पाँचौ र २३ जुलाईमा छैटौ खेप ल्याइनेछ ।

नेपालले चीनको सिनोभ्याकबाट भेरोसेल खोपको ४० लाख डोज ननडिस्क्लोजेबल एग्रीमेन्ट गरेर खरिद गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ