२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदक्षिणपूर्वी एसियाली ११ देशका स्वास्थ्यमन्त्रीले सार्वजनिक गरे १२ बुँदे संयुक्त घोषणा पत्र

दक्षिणपूर्वी एसियाली ११ देशका स्वास्थ्यमन्त्रीले सार्वजनिक गरे १२ बुँदे संयुक्त घोषणा पत्र


काठमाडौँ – दक्षिण पूर्वी एसियाको क्षेत्रीय संगठनको ७४ औं सम्मेलनको दोस्रो दिन ११ वटै सदस्य राष्ट्रका स्वास्थ्यमन्त्रीहरुले संयुक्त रुपमा १२ बुंदे घोषणा पत्र सार्वजनिक गरेका छन्। सम्मेलनको दोस्रो दिन मंगलबार उनीहरुले संयुक्त रुपमा १२ बुँदे घोषणा पत्र सार्वजनिक गरेका हुन्।

घोषणा पत्रमा कोभिड महामारीले अर्थव्यवस्था, खोपको समानुपातिक वितरण, स्वास्थ्य र समाजमा देखिन गएको समस्या र चुनौतीविरुद्ध एकबद्द भएर सामना गर्ने सहमत भएको उल्लेख गरिएको छ ।

यस्तै, राजनीतिक नेतृत्व र सरकारलाई उत्तरदायी बनाउने, स्वास्थ्यमा सबैको पहुँच बनाउन स्वास्थ्य प्रणालीमा व्यापक पुन:संरचना गर्ने, मानसिक स्वास्थ्यसहितका अन्य नसर्ने रोगहरुविरुद्ध एक हुने र दिगो विकास लक्ष्य हासिल गर्न प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय लगानी बढाउने लगायतको विषयमा सहमति भएको पनि उक्त पत्रमा समाबेश छ ।

सो सम्मेलनको ११ वर्ष पछि नेपालले नेतृत्व गर्ने मौका पाएको छ। सोमबार भर्चुअलमाध्यमबाट सुरु भएको सम्मेलन ५ दिनसम्म चल्नेछ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ