२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकानुन छलेर औषधीको मुल्यवृद्धि गर्ने महानिर्देशकलाई मन्त्रालयले माग्यो लिखित स्पष्टीकरण

कानुन छलेर औषधीको मुल्यवृद्धि गर्ने महानिर्देशकलाई मन्त्रालयले माग्यो लिखित स्पष्टीकरण


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुन छलेर औषधीको मुल्यवृद्धि गर्ने औषधी व्यवस्था विभागका महानिर्देशकलाई लिखित स्पष्टीकरणका लागि पत्र काटेको छ । औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री र स्वास्थ्य सचिवले कानुन विपरित औषधीमा गरिएको मुल्यवृद्धिका सम्बन्धमा पटक-पटक मौखिक स्पष्टीकरण सोधेका थिए ।

महानिर्देशक ढकालको मौखिक जवाफ चित्तबुझ्दो नभएपछि मन्त्रालयले बिहीबार लिखित स्पष्टीकरणका लागि पत्र पठाइएको मन्त्री निकटस्रोतले हेल्थआवाजलाई जानकारी दियो । ‘महानिर्देशक ढकाललाई सक्कल डकुमेन्टसहित लिखित स्पष्टीकरण माग गरिएको छ,’ स्रोतले भन्यो, ‘स्पष्टीकरण चित्तबुझ्दो नभए कानुनअनुसार कारवाही हुन्छ ।’

महानिर्देशक ढकाललाई सोधिएको स्पष्टीकरणमा कानुन विपरित के आधारमा औषधीको मुल्यवृद्धि गरियो, अहिलेसम्म कति औषधीको मुल्यवृद्धि कानुन छलेर गरियो र नजिरहरु भए सो पनि प्रस्तुत गर्न भनिएको छ ।

औषधी व्यवस्था विभागका महानिर्देशक ढकालले कानुन विपरित विदेशी औषधीको मुल्यवृद्धि गरेको विषयमा हेल्थआवाजले प्रमाणसहित नियमित समाचार प्रकाशन गर्दै आएको छ । औषधी ऐन, २०३५ को दफा २६ मा औषधीको मुल्य निर्धारण गर्नुपरेमा नेपाल सरकारले निर्णय गर्नुपर्ने व्यवस्था छ । र, सो को जानकारी जानकारी राजपत्रमा प्रकाशित गर्नुपर्ने उल्लेख छ । तर, महानिर्देशक ढकालले मुल्यवृछि गरेका कुनै पनि औषधीको मुल्य निर्णयका क्याबिनेट लगिएको छैन र राजपत्रमा प्रकाशित गरिएको छैन ।

औषधीको मुल्य वृद्धि सम्बन्धि विभागका गोप्य कागजातमा ०७७ बैशाखदेखि असोजसम्म १९० वटा ब्राण्डका औषधी नवीकरण गरेकोमा ८८ वटा ब्राण्डको तथ्यांक हेल्थआवाजले पाएको थियो । ती ८८ वटा ब्राण्ड ५२ वटा औषधीमा ०.५९ प्रतिशतदेखि २०.४७ प्रतिशतसम्म मुल्यवृद्धि गरेको पाइएको छ ।

त्यसो त महालेखा परीक्षक कार्यलयको आर्थिक वर्ष २०७६/०७७ को प्रारम्भिक प्रतिवेदन (प्रकाशित भइनसकेको) भने औषधीको ३४ प्रतिशतसम्म मुल्यवृद्धि गरेको भन्दैं त्यसमा संलग्न अधिकारीहरुलाई छानविन गरी कारवाही गर्न २०७८ असार ३० मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रारम्भिक प्रतिवेदनसहित पत्र पठाएको थियो । महालेखा परीक्षकको कार्यलयले औषधी व्यवस्था विभागका अधिकारीहरुलाई औषधीको मुल्य निर्धारण तथा वृद्धि गर्ने अधिकार नभएको भन्दैं ३२ प्रतिशतसम्म मुल्यवृद्धि गर्ने तत्कालीन महानिर्देशक र दुई निमित्त महानिर्देशक (वरिष्ठ औषधी व्यवस्थापक)लाई छानविन गरी आवश्यक कारवाही गर्न तालुकदार मन्त्रालयलाई निर्देशन दिएको थियो ।

यी पनि पढ्नुस:

-महानिर्देशक ढकालले कानुन विपरित गुपचुप ५० बढी औषधीको मुल्य बढाएको खुलासा

-ढकालले कानुन विपरित बढाएको भारतीय औषधीको मुल्य भारत सरकारले तोकेको भन्दा बढी

-महानिर्देशक ढकालले कानुन विपरित औषधीको मुल्यवृद्धि गर्दा बिरामीलाई करोडौं आर्थिक भार

-कानुनविपरित औषधीको मुल्यवृद्धि गर्ने महानिर्देशकलाई कारवाही नगर्न माग गर्दै स्वास्थ्य सचिव कहाँ डेलिगेसन

-औषधीको मुल्यवृद्धि भएको विषय प्रधानमन्त्रीसम्म पुग्छ: स्वास्थ्यमन्त्री खतिवडा

-महानिर्देशक ढकालले कानुन विपरित बढाएको औषधीको मुल्य छानविन गर्ने जिम्मेवारी स्वास्थ्य सचिवलाई


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ