२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनोबेल मेडिकल कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क नलिने

नोबेल मेडिकल कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क नलिने


काठमाडौं—विराटनगरस्थित नोबेल मेडिकल कलेजले विद्यार्थीहरुबाट अतिरिक्त शुल्क नलिने भएको छ । नोबेलले चिकित्सा शिक्षा आयोग र काठमाडौं मेडिकल कलेजसँग बढी शुल्क नलिने प्रतिवद्धता व्यक्त गरेको छ ।

चिकित्सा शिक्षा आयोगले २७ फागुनमा आयोग, काठमाडौं विश्वविद्यालय र नोबेल मेडिकल कलेजबीच बढी शुल्क नलिले गरी निर्णय भएको जनाएको छ ।

शैक्षिक सत्र २०७७/०७८ मा एमबीबीएस अध्ययनका लागि नोबेलमा भर्ना भएका विद्यार्थीहरु शिक्षण शुल्कको विषयलाई लिएर आन्दोलित भएका थिए । उक्त आन्दोलनबारे संघीय संसदको शिक्षा समितिको निर्देशन र आयोगको कार्यकारी समितिको निर्णयअनुसार काठमाडौं विश्वविद्यालयबाट गठित समितिले प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन समेतका आधारमा आयोग, केयु र नोबेलबीच छलफल भएपछि नोबेलले बढी शुल्क नलिने निर्णय भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनरत विद्यार्थीलाई कलेज प्रशासनबाट कुनै कारवाही नहुने, कलेजमा भर्ना भएर कक्षा सहभागी नभएका विद्यार्थीहरुको हकमा कलेज प्रशासनले अतिरिक्त समय मिलाएर पठनपाठन पूरा गराउनेछ ।

यसैगरी कलेजले आयोगले निर्धारण गरेको र निर्देशन दिएको बाहेकका कुनै पनि शुल्क नलिने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ