२०७९ असार ११, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालय र कर्णाली स्वास्थ्य प्रतिष्ठानबीच हुम्लामा विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्झौता

स्वास्थ्य मन्त्रालय र कर्णाली स्वास्थ्य प्रतिष्ठानबीच हुम्लामा विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्झौता


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच हुम्ला जिल्ला अस्पतालमा विशेषज्ञ शल्यचिकित्सा सेवा  प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । शुक्रबार मन्त्रालयका प्रमुख विशेष डा.गुणराज लोहनी र प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतकाअनुसार अब प्रतिष्ठानले हुम्ला जिल्ला अस्पतालमा कासबाट सर्जन, एनेस्थेसियोलोजिष्ट, गाइनोकोलोजिष्टसहित तीन जनाको टिम पठाएर विशेषज्ञ शल्यक्रियासहितको सेवा दिनेछ ।

त्रिपक्षीय सम्झौता भएपछि अहिले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनी र उपकुलपति डा. रावलले मात्रै हस्ताक्षर गरेका छन् । चाडै जिल्ला अस्पताल हुम्लाका प्रतिनिधीले पनि सहमतिमा हस्ताक्षर गर्नेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)