२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयसवर्षको क्षयरोग सम्बन्धि गोल्ड मेडल डा. तिंकरीलाई

यसवर्षको क्षयरोग सम्बन्धि गोल्ड मेडल डा. तिंकरीलाई


काठमाडौँ-क्षयरोग नियन्त्रणका लागि लामो समय देखि आफ्नो योगदान दिँदै आएका पुर्व प्रमुख विशेषज्ञ डा. भीमसिंह तिंकरीले गोल्ड मेडल प्राप्त गरेका छन्। दीर्घ राना समुन्द्र फाउन्डेसनले विश्व क्षयरोग दिवसको अवसरमा डा. तिंकरीलाई गोल्डमेडलले सम्मान गरेको हो।

त्यस्तै, डीटीएलओ, स्वास्थ्य कार्यलय रौतहटका राजकुमार शाह, बझाङको क्षयरोग स्वास्थ्य कार्यालयका फोकल पर्सन नारायणप्रसाद जोशी, एएचडब्लु, स्वास्थ्य कार्यालय डोल्पाका कर्णबहादुर विक र डीटीएलओ स्वास्थ्य कार्यालय सुनसरीका विजय गुरागाईलाई पनि फाउन्डेसनले सम्मान गरेको छ ।

उक्त फाउन्डसनले आफ्नो स्थापनाकालदेखि नै प्रत्येक वर्ष क्षयरोग दिवसको दिन क्षयरोग निवारणमा योगदान पु-याउँदै आएका व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ।

त्यसैगरी, दिक्षा दक्ष सेवा पुरस्कार कोषले पनि  क्षयरोग नियन्त्रण तथा उपचारमा निरन्तर सेवा दिइरहेका ३ जना व्यक्तिवलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा ललितपुरको हरिसिद्धि स्वास्थ्य चौकीकी राज्यलक्ष्मी महर्जन, बर्दघाटका ल्याब टेक्निसियन डिल्लीराम तिवारी र स्वास्थ्य कार्यालय प्युठानका सुपरभाइजर मधुसदन खड्का रहेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ