काठमाडौं—सरकारले आजदेखि १५ महिनामाथि र १५ वर्षमुनिका झण्डै ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिदैछ । शुक्रबारदेखि सुरु भएको टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियान १८ बैशाखसम्म चल्नेछ ।
टाइफाइड विरुद्धको खोप अभियानको बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रममाझ शुभारम्भ गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उक्त खोप १५ महिनादेखिमाथि र १५ वर्षभन्दामुनिका सबै बालबालिकाहरुलाई एक डोज दिइनेछ । स्थानीय तहका सबै वडाहरुमा तोकिएको विद्यालयका खोप केन्द्रबाट खोप लगाउन सकिनेछ ।
विद्यालय नभएका वडामा बाह्य खोप केन्द्र सञ्चालन गरिनेछ भने अन्तिम दिन स्वास्थ्य स्वास्थ्यमा खोप सेवा सञ्चालन गरिनेछ ।
साल्मोनेला टाइफी नामक भाइरसबाट हुने गम्भीर रोग टाइफाइड ढल, संक्रमित व्यक्तिको दिसा पाइने जीवाणुबाट हुने गर्छ । यो रोग दूषित पानी र खानाबाट मानिसमा सर्ने गर्छ ।
मन्त्रालयकाअनुसार पछिल्लो ५ वर्षमा नेपालमा ४ लाख ५० हजारभन्दा बढीमा टाइफाइडको संक्रमण पुष्टि भएको छ । नेपालमा पानी र खानाजन्य संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणमध्ये यो चौथो हो ।
टाइफाइड रोकथामका लागि खोपलाई नै अचुक उपाय मानिदैं आइएको छ । खोप दिन लागि १० हजार स्वास्थ्यकर्मी परिचालन हुने मन्त्रालयले जनाएको छ