२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय स्वास्थ्यकर्मी संघको नयाँ अध्यक्ष डा. शर्मा र महासचिवमा डा. पौडेल सर्वसम्मत

राष्ट्रिय स्वास्थ्यकर्मी संघको नयाँ अध्यक्ष डा. शर्मा र महासचिवमा डा. पौडेल सर्वसम्मत


काठमाडाैं-नेकपा एमाले निकट स्वास्थ्यकर्मी संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको नयाँ नेतृत्वमा सहमतिमा चयन हुने निश्चित भएको छ । गत शुक्रबारबाट कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा संचालन भइरहेको महाधिवेसनले डा. झलक शर्मा गौतमको नेतृत्वमा १५१ सदस्य केन्द्रिय समिति चयन गरेको हो ।

शनिबार दिनभर भएको सर्वसम्मत नेतृत्व चयनको कसरत अबेर राति मात्र गाँठो फुकेको हो ।

अध्यक्षलगायत पदाधिकारी र केन्द्रिय सदस्यहरुमा सर्वसम्बत भनिएतापनि मनोनयन प्रक्रिया भने आइतबार बिहानबाट गर्ने तयारी गरिएको छ ।

शनिबार राति भएको सहमतिअनुसार निवर्तमान महासचिव डा. शर्मालाई अध्यक्ष र चार उपाध्यक्षमा रामहरी ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंहलाई सर्वसम्बत गरिएको छ । अध्यक्षपछिको कार्यकारी पद महासचिवमा निवर्तमान सचिव डा. सन्तोष पौडेललाई प्रस्ताव गरिएको छ ।

त्यसैगरी, उपमहासचिवमा हिमालय तिवारी र अमृता बराल तथा कोषाध्यक्षमा अञ्जु बस्नेत सर्वसम्मत भएका छन् ।

सचिवका लागि भने शनिबार नै प्रत्येक प्रदेशबाट एक-एक जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । जसअनुसार प्रदेश १ बाट रामचन्द्र मिश्र, मधेश प्रदेशबाट धर्मेन्द्र यादव, बागमतीबाट नारायण पौडेल, गण्डकीबाट लक्ष्मण बसौला, लुम्बिनीबाट खगराज पोखरेल, कर्णालीबाट सुशील शाही, सुदूरपश्चिमबाट सिद्धप्रसाद ढुंगाना र उपत्यका प्रदेशबाट रुपा केसी रहेका छन् ।

शनिबार भएको सहमतिअनुसार निवर्तमान अध्यक्ष रामबहादुर चन्दलाई सल्लाहाकार समितिको अध्यक्ष बनाइएको छ । त्यसैगरी, लेखा आयोगको अध्यक्षमा त्रिलोक गुरुङ्गलाई सर्वसम्मत गरिएको छ ।

महाधिवेसनले १५१ सदस्य केन्द्रीय समिति निर्वाचित गर्नेछ । जसमा ५ प्रतिशत भने केन्द्रीय समितिले मनोनयन गर्ने व्यवस्था छ ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. झलक शर्मा गौतम, #डा. सन्तोष पौडेल, #राष्ट्रिय स्वास्थ्यकर्मी संघ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ