२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधिको आयात रोकेर निर्यात बढाउन राष्ट्रपति भण्डारीको जोड

औषधिको आयात रोकेर निर्यात बढाउन राष्ट्रपति भण्डारीको जोड


चितवन—राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि आयात रोकेर निर्यात बढाउनुपर्नेमा बताएकी छन् । शुक्रबार चितवनमा आठौं नेपाल फर्मा एक्स्पो—२०२२ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औषधिको आयातलाई रोकेर अब निर्यात गर्नुपर्नेमा जोड दिइन् ।

पछिल्लो समय नेपालले औषधि उत्पादनमा फड्को मारेको बताउँदैं राष्ट्रपतिले धेरै किसिमका औषधि नेपालमै उत्पादन गर्न सक्नुपर्ने बताइन् । ‘उत्पादनका क्षेत्रमा लगानी बढाउनुनपर्छ,’ उनले भनिन्, ‘ अर्थतन्त्रसँग औषधि उधोग पनि जोडिएको छ । यसले अर्थतन्त्रमै ठूलो सहयोग पु¥याएको छ ।’ औषधि उधोग सार्वजनिक महत्वको विषय भएको राष्ट्रपतिको भनाइ थियो ।

स्वदेशमै उधोगहरु स्थापना गरेर वर्षेनी उत्पादन हुने जनशक्तिलाई स्वदेशमै रोजगारी दिनुपर्ने आवश्यकता औल्याउँदैं राष्ट्रपतिले यसमा औषधि सम्बन्धि नीति नियम र सम्बन्धित निकाय सचेत हुनुपर्नेमा जोड दिइन् ।

उनले देशभित्रै औषधि उत्पादन गर्न सकेमा स्वास्थ्य सम्बन्धि हक कार्यन्वनय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । कोभिड—१९ महामारीका कारण उधोगको लगानी र विकासमा ठूलो चुनौती थपेको बताउँदैं उनले नेपालबाट उत्पादित औषधि विदेशमा जाने गरेको सुन्दा खुसी महसुस भएकी उल्लेख गरिन् । उनले औषधि उत्पादन बढाउन र त्यसलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिदैं एक्स्पोले राज्य, उधोगजस्ता निकायलाई प्रेरणा दिने विश्वास व्यक्त गरिन् ।

नेपाल औषधि उत्पादक संघ (एपोन)का अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपालमा पनि औषधि उत्पादन हुन्छ र भन्ने अवस्थाबाट अहिले १ सय बढी औषधि उधोगहरु सञ्चालन हुने अवस्थासम्म आइपुगेको बताए । यो कदम साहसी भएको बताउँदैं उनले नेपाली औषधि अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्नेमा जोड दिए ।

नेपाली औषधि उधोगको प्रवद्र्धनका लागि सरकारी सहयोग आवश्यकता औल्याउँदै उनले कुल क्षमताको ५० प्रतिशत मात्रै औषधि उत्पादन गर्न सकिएको धारणा राखे ।

एपोनका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालले नेपाल औषधिमा आत्मनिर्भर हुने बाटोमा रहेको बताए । वि.सं. २०२७ सालमा नेपाल रेबिज विरुद्धको भ्याक्सिन बनाउन थालिएको बताउँदैं उनले पहिलो ०३६ सालमा औषधि उत्पादन सुरु भएको स्मरण गरे । ‘अहिले ७२ उधोगले औषधि उत्पादन गर्छन्,’ उनले भने, ‘बाँकी ३२ कम्पनी औषधि उच्पादन गर्ने क्रममा छन् ।’ भारतले २२ खर्बको औषधि निर्यात गर्ने बताउँदैं यो क्षेत्रमा बंगलादेशले पनि ठूलो प्रगति गरेको उनको भनाइ थियो ।

नेपाली औषधि उधोगहरुले ठूलो प्रतिस्पर्धा गर्नुपरेको उल्लेख गर्दै उनले नेपालले स्वदेशी उधोगमैत्री नीति तय गरेमा ८० प्रतिशत आत्मनिर्भर हुन सकिने बताए ।

एपोनका निवर्तमान अध्यक्ष जीनारायण क्षेत्रीले औषधिका क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने धारणा राखे । उनले नेपाली औषधि अन्तर्राष्ट्रिस्तरको रहेको बताउँदैं औषधि आत्मनिर्भरताका लागि धेरै पहल गरेपनि सफल हुन नसकेको बताए ।

नेपाल चिकित्सक संघ (एनएमए)का अध्यक्ष डा. लोचन कार्कीले गुणस्तरीय औषधि उत्पादनका बढाउन आग्रह गरे । उनले त्यसका लागि आवश्यक जनशक्ति बढाउन समेत आग्रह गरे । डा. कार्कीले नेपाली औषधि उधोगको सहजताका लागि औषधि व्यवस्था विभागले भूमिका खेल्नुपर्ने बताए ।

नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाली औषधि उधोगमा प्रगति भइरहेको बताए । ‘कोभिड—१९ ले उत्पादन बढाउनुपर्छ भन्ने सिकाएको छ,’ उनले भने, ‘५० अर्बको बजार हिस्सा छ भने औषधिको बजार १८ देखि २० प्रतिशतले बढेको छ ।’ उनले सरकारले उधोगमैत्री नीति नियम तय गर्नुपर्ने धारणा राखे । गोल्छाले पहिले १० प्रतिशत नेपाली औषधिको बजार रहेकामा अहिले त्यो ५० प्रतिशत पुगेको बताए ।

एक्स्पोका मिडिया संयोजक सन्तोष बरालकाअनुसार एक्स्पोमा १२३ बहुराष्ट्रिय कम्पनी र ४५ वटा नेपाली औषधि उधोगले सहभागी छन् । एक्स्पोमा १ सय ६० स्टल रहेका छन् । तीन दिनसम्म चल्ने एक्स्पोेमा ६० हजार अवलोकन गर्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ