२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १३ जनामा कोभिड-१९ संक्रमण, २५ जना संक्रमणमुक्त

थप १३ जनामा कोभिड-१९ संक्रमण, २५ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप १३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २३ घण्टामा थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै अहिलेसम्म नेपालमा पिसिआर परीक्षणबाट ९ लाख ९८ हजार ७ सय ४७ जना र एन्टीजेन परीक्षणमा १ लाख ४० हजार १ सय ८१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २५ जना कोभि-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार ५ सय २३ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । अहिलेसम्म नेपालमा ११ हजार ९ सय ५१ जनाको कोभिडबाट मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ६९ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ