२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराजपत्रमा अस्पताल र स्वास्थ्य संस्थामा दुई दिन बिदाको निर्णय

राजपत्रमा अस्पताल र स्वास्थ्य संस्थामा दुई दिन बिदाको निर्णय


काठमाडौं– अस्पताल र स्वास्थ्य संस्थामा पनि अब दुई दिन बिदा हुने गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा अस्पताल र स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने उल्लेख गरिएको छ।

राजपत्र अनुसार दुई दिन बिदा दिएपछि सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कायम हुनेछ भने कात्तिक १६ गतेदेखि माघ १५ सम्म कार्यालय समय बिहान साढे ९ बजेसम्म अपरान्ह साढे ४ बजेसम्म कायम रहनेछ जनाइएको छ।

२०७९ का लागि निर्धारण गरिएका दसैं र तिहारका सार्वजनिक बिदाबाहेक स्वास्थ्यसहित विभिन्न सार्वजनिक सेवा प्रवाह गर्ने निकायले लगातार दुई दिन सार्वजनिक बिदा भएमा गृहमन्त्रालयले समय निर्धारण गरेबमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउने पनि राजपत्रमा उल्लेख गरिएको छ।

यस्तै, सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारीको व्यवस्थापन गर्ने पनि राजपत्रमा उल्लेख छ।

१३ वैशाखमा मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेसँगै स्वास्थ्यसँग सम्वन्धित संघ, संगठनले दुई दिन विदा आवश्यक भएको भन्दै सरकारको निर्णयलाई स्वागत गरेका थिए। तर, स्वास्थ्य मन्त्रालयमा भने स्वास्थ्य क्षेत्रमा सो विदा लागु गर्दा ओपिडी सेवा संचालन गर्ने वा नगर्ने भन्ने विषयमा बहस चलेको थियो।

यससम्बन्धि छलफलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेशागत संगठनका प्रतिनिधि र मन्त्रालयका अधिकारीबीच दुईपटक बैठक बसेपनि ठोस निष्कर्ष निक्लिसकेको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ