२०८३ कात्तिक ८, आइतवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सगरमाथा चढ्ने पहिलो नेपाली महिला डाक्टर बनिन् प्रिती भुषाल

सगरमाथा चढ्ने पहिलो नेपाली महिला डाक्टर बनिन् प्रिती भुषाल


काठमाडौँ– ग्रान्डी अस्पतालकी चिकित्सक डा. प्रिती भुषालले सगरमाथाको सफल आरोहण गर्दै नयाँ रेकर्ड कायम कायम गरेकी छन् । डा. भुसालले बिहिबार सगरमाथाको सफल आरोहण गर्दै नयाँ रेकर्ड कायम गरेकी हुन् ।

उनको टोलीले आज बिहान सफलतापूर्वक सगरमाथाको आरोहण गरेको जानकारी भुसालले आफ्नो फेसबुकमार्फत दिएकी हुन् । यससँगै उनी सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली महिला चिकित्सक समेत बनेकी छिन् ।

जलवायु परिवर्तनको असर कम गर्नुपर्ने र हिमालय क्षेत्रमा बढ्दो प्रदूषण रोक्नुपर्ने सन्देश विश्वभर पुर्‍याउन भन्दै उनीसहितको टोली गत २९ चैतमा सगरमाथा यात्रामा निस्किएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ