२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् स्थानीय तहमा चुनाव जित्ने स्वास्थ्यकर्मीहरु

यी हुन् स्थानीय तहमा चुनाव जित्ने स्वास्थ्यकर्मीहरु


काठमाडौँ – वैशाख ३० गते सम्पन्न स्थानीय चुनाव विगतको तुलनामा अलि फरक एवम् रोचक देखिएको छ । शिक्षित एवम् योग्य उम्मेदवारहरुको उम्मेदवारीले देशले नयाँ स्वरुप पाउने आशाका किरणहरु झुल्कायो। यससँगै उनीहरुको विजयीले देशमा पराम्परागत रुपमा चल्दै आएको राजनीतिकरण ‘ब्रेक’ हुने सम्भावना पनि चुलिएको छ ।

यसपटक यसअघिका विभिन्न दल एवम् असक्षम नेतृत्वका कारण आम व्यक्तिमा व्याप्त ‘पोलिटिक्स इज डर्टी गेम’ भन्ने धारणालाई गलत साबित गर्नकै निम्ति धेरै नयाँ व्यक्तिहरुले उम्मेदवारी दिएका थिए । र, त्यसैमध्ये यसपटक धेरै स्वास्थ्यकर्मी पनि मैदानमा उत्रिएको देखिए। ती मध्ये केहिले आफ्नो जागिर छाडेर नै राजनीतिमा प्रवेश गरेका छन्। धेरैले त बढी मत ल्याएर मेयर, उपमेयर जस्ता पदमा विजयी नै भएका छन्। उनीहरु विजय हुनु भनेको स्वास्थ्य सेवामा सुधार हुने सम्भावना बढ्नु मानिएको छ। चुनावको मतगणना अझै केहि स्थानमा जारी छ। यद्दपी हालसम्म जीत हासिल गरेका केहि स्वास्थ्यकर्मीहरुको बारेमा आज हामीले प्रस्तुत गरेका छौँ। ती हुन्।

१. दामोदरप्रसाद आचार्य

नेपाल स्वास्थ्यकर्मी संघ कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका दामोदरप्रसाद आचार्य जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। स्वास्थ्य सेवाबाट राजीनामा दिएर आचार्य स्थानीय निर्वाचनमा गाउँपालिकाको वडा अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका थिए । आचार्य सोही गाउँपालिकाका स्वास्थ्य संयोजकको रुपमा कार्यरत छन् । उनले माओवादी केन्द्रका धनबहादुर रावतलाई हराएका हुन् ।

२. यम बहादुर चिदी

पाल्पा जिल्लाको माथगाढि गाउपालिका वडाअध्यक्षमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय कमिटीका सदस्य यम बहादुर चिदी निर्वाचित भएका छन्। स्वास्थ्य बिमा बोर्ड पाल्पाका प्रमुख पदमा कार्यरत यम वहादुर चिदी राजीनामा दिइ  नेकपा एमालेबाट पालिका अध्यक्ष पदका उम्मेदवारमा उठेका थिए । उनी  ६ हजार १०९ मत प्राप्त गरी विजयी भएका हुन् ।

३. विष्णुमाया लुङ्चेमगर

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको सदस्य विष्णुमाया लुङ्चेमगर पाल्पा जिल्लाको माथगाढि गाउपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी छिन्। स्थानीय तहको निर्वाचनमा स्वास्थ्य सेवाबाट राजीनामा दिएर निर्वाचनमा होमिएका हुन्।

गाउँपालिकाको गोठादी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत लुङ्चे पनि पदबाट राजीनामा दिइ पालिकाको उपाध्यक्ष पदको उम्मेदवार बनी चुनावी मैदानमा होमिएकी थिइन्।

४. कुवेर भट्टराई

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका नेता कुवेर भट्टराई दमक नगरपालिका वडा नम्बर ९को वडा अध्यक्षमा निर्वाचित भएका छन्।

५. पुनम चौधरी

सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १को वडा सदस्यमा पुनम चौधरी विजयी भएकी छिन्। उनी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, जिल्ला कार्य समिति सुनसरीको सदस्य हुन्।

६. जग्गु राम चौधरी

जग्गु राम चौधरी उपमेयरमा निर्वाचित भएका छन्। कैलालीको गोदावरी नगरपालिका – ६ मा नेकपा एमालेका जग्गु राम चौधरी विजयी भएका छन । चौधरी १ हजार ४२५ मत सहित विजयी भएका हुन ।

उनी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, बेलौरी नगर कमिटिका उपाध्यक्ष हुन्।

उनका प्रतिद्धिन्द्धि नेपाली कांग्रेसका जय राज फुलाराले १ हजार १५४ मत ल्याएका छन । चौरधरीले फुलारालाई २७१ मतान्तरले पराजित गरेका हुन । वडामा एमाले प्यानल सहित विजयी भएको छ ।

७. अनिता लामा

स्थानीय तह निर्वाचनका लागि नेपाल मेडिकल काउन्सिलको प्रशासन प्रमुखबाट राजिनामा दिइ नेकपा एमालेको तर्फबाट बुढानीलकण्ठ नगरपालिकाको उपप्रमुख पदमा उम्मेद्धारी दिएकी अनिता लामा बिजयी भएकी छन् । उम्मेद्धार बन्नु अघि लामाले १७ वर्ष लामो काउन्सिलको जागिर छाडेकी थिइन।

केही बेर अघि सम्पन्न मतगणनामा लामाले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसको तर्फबाट उम्मेद्धार बनेकी रमिला बाग्लेलाई पराजित गरेकी हुन् । उपप्रमुख पदमा लामाले कुल १४ हजार ३१४ मत ल्याई बिजयी हुँदा बाग्लेले ११ हजार ९७२ मत मात्रै प्राप्त गरिन ।

८. भक्त जिसी

दाङको बंगलाचुली गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका भक्त बहादुर जिसी निर्वाचित भएका हुन्। अध्यक्षमा माओवादी केन्द्रका शरद बुढाथोकी ३ हजार ९ सय ८० मत प्राप्त गर्दै विजयी भएका छन्। भक्त बहादुर जिसी स्वास्थ्य सेवामा सक्रिय रुपमा लागेका व्यक्ति हुन्।

९. बुद्धदेव चौधरी

सर्लाहीको लालबन्दीको हरिपुर नगरपालिका वडा नम्बर ३ मा बुद्धदेव चौधरी वडा अध्यक्षमा निर्वाचित भएका छन्। उनले कांग्रेसतर्फबाट आफ्नो उम्मदेवारी दिएका थिए। ४ सय ९७ मत ल्याएर विजय हासिल गरेका हुन। हरिपुर नगर कार्यपालिकाको स्वास्थ्य संयोजक रहेका उनी राजिनामा दिएर राजनीतिमा प्रवेश गरेका हुन।

१०. डा. विनोद यादव

डा. विनोद यादव सर्लाहीको चक्रघट्टा गाउँपालिकाको वडाअध्यक्षमा निर्वाचित भएका छन्। आयुर्वेद डा. यादव नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष निर्वाचित भएका हुन्। यसअघि राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रमा समेत काम गरिसकेका छन्।

११. राजकुमार महतो

राजकुमार महतो सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका महतोले ३ हजार ९९५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । उनी पोषणविद हुन्।

१२. नविन यादव

सिराहा नगरपालिकाको मेयरमा नेकपा एमालेका डा. नवीनकुमार यादवले जित हात पारेका छन् । नेकपा एमालेका यादवले ११ हजार १४३ मत प्राप्त गरी विजयी भएका हुन्। उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले भने ८ हजार ७३२ मत ल्याएका थिए।

उनी सिरहा सदरमुकाममा क्लिनिक चलाउछन् ।

१३.  प्रतिमा तामाङ

प्रतिमा तामाङ उपाध्यक्ष रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी छिन् । उनी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघकी सदस्य हुन् ।



क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ