२०८१ भदौ २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेडिकल काउन्सिलले वर्षमा स्नातक तहको दुई पटक र स्नातकोत्तरको तीन पटक लाइसेन्स परीक्षा गर्ने

मेडिकल काउन्सिलले वर्षमा स्नातक तहको दुई पटक र स्नातकोत्तरको तीन पटक लाइसेन्स परीक्षा गर्ने


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले लाइसेन्स परीक्षाको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । काउन्सिलको परीक्षा समितिले सार्वजनिक गरेको क्यालेन्डरअनुसार वर्षमा दुई पटक लाइसेन्स परीक्षा हुनेछन् ।

स्नातक तहको दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) ६, ७ र ८ असोज २०७९ मा हुनेछ । यसैगरी, अर्को लाइसेन्स परीक्षा १२, १३ र १४ माघमा हुने तालिका काउन्सिलले बनाएको छ ।

यसैगरी स्नातकोत्तर तहको लाइसेन्स परीक्षा तीन पटक हुने वार्षिक क्यालेन्डरमा उल्लेख छ । जसमा पहिलो ६ र ७ साउन २०७९ मा हुनेछ । यसैगरी, दोस्रो ९ र १० मंसिर २०७९ र तेस्रो १७ र १८ चैत २०७९ मा हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ