२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहब तथा स्याटलाइट अस्पताल संजालको राष्ट्रिय सम्मेलनको ११बुँदे घोषणा पत्रमा के-के समेटिए ?

हब तथा स्याटलाइट अस्पताल संजालको राष्ट्रिय सम्मेलनको ११बुँदे घोषणा पत्रमा के-के समेटिए ?


काठमाडौँ -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हब तथा स्याटलाइट अस्पताल संजालको राष्ट्रिय सम्मेलनको ११बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ। मन्त्रालयले गत जेठ २८ र ३० गते काठमाडौंमा सम्पन्न ‘हब तथा स्याटलाइट अस्पताल सञ्जालको राष्ट्रिय सम्मेलन’ को ११ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो।

घोषणापत्रअनुसार अस्पतालको विपद् पूर्वतयारी र प्रतिकार्यको योजनालाई नियमित अद्यावधिक गर्ने प्रतिबद्दता जनाइएको छ। त्यस्तै, अस्पतालले आफ्ना सबै कर्मचारीलाई वार्षिक रुपमा सम्बन्धित अस्पतालले सोको अभिमुखीकरण गर्ने तथा हब अस्पतालले आफ्नो वार्षिक कार्ययोजनामा राखी नियमित रुपमा हब तथा स्याटलाइट अस्पतालबीच स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको उपस्थितिमा समन्वय बैठक सञ्चालन गर्ने उल्लेख घोषणा पत्रमा उल्लेख छ।

त्यसैगरी, अस्पतालले आफ्ना सबै कर्मचारीलाई वार्षिक रुपमा सम्बन्धित अस्पतालले सोको अभिमुखीकरण गर्ने, हब अस्पतालले वर्षमा ३ पटक इमर्जेन्सी ,मेडिकल डिप्लोएमेन्ट टिमको अध्यावधिक गर्ने र टिम परिचालन गर्नुपरेको खन्दा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रसँग सम्वन्य गर्ने लगायतका  प्रतिबद्दता जनाएको छ।

यस्तो छ घोषणापत्र 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ