२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड संक्रमण बढ्यो, एकैदिन ११३ जनामा कोभिड-१९ संक्रमण

कोभिड संक्रमण बढ्यो, एकैदिन ११३ जनामा कोभिड-१९ संक्रमण


काठमाडौँ –  देशभर थप ११३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी हुन्  ।

पछिल्लो केहि दिनयता निरन्तर नेपाल  कोभिडका बिरामीको संख्या बढ्दै गैरहेका छन्। बढीमात्रामा अन्तर्राष्ट्रिय प्रवेश नाकाहरुबाट नेपाल प्रवेश गर्ने यात्रुहरुमा कोभिड परीक्षण गर्दा संक्रमण दरमा वृद्धि भएको मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा ४७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा उपचारपछि थप २० जना निको भएका छन्। सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ