गृहपृष्ठ ∕ समाचार ∕ डा. सन्दुक रुइत पद्यश्री गौरव पुरस्कारबाट सम्मानित डा. सन्दुक रुइत पद्यश्री गौरव पुरस्कारबाट सम्मानित हेल्थ आवाज आईतबार, २०७९ असोज २३ गते, १८:२० मा प्रकाशित काठमाडौं-वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले पद्यश्री गौरव पुरस्कारबाट सम्मानित भएका छन् । आइतबार खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानद्वारा पहिलो ‘पद्मश्री गौरव पुरस्कार’ डा. रुइतलाई प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले उक्त पुरस्कार डा. रुइतलाई प्रदान गरेका हुन् । गत वर्ष प्रतिष्ठानले नयाँ पुरस्कारका रुपमा पद्मश्री गौरव पुरस्कारको घोषणा गरेको थियो । समाजलाई गौरवपूर्ण योगदान दिने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कारद्वारा सम्मानित गरिने प्रतिष्ठानले जनाएको छ। सोहीअनुरुप पहिलो पटक पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई संसार देख्न सहयोग गर्ने डा. रुइतलाई पुरस्कार प्रदान गरिएको हो । पूर्वी नेपालको ताप्लेजुंगको दुर्गम हिमाली गाउँमा जन्मिएका डा. रुइतकै नेतृत्वमा प्रतिष्ठित तिलगंगा आँखा अस्पताल स्थापना भएको हो । सरल र कम खर्चमा मोतीविन्दुको शल्यक्रिया गरिने पद्धति ‘रुइतेक्टोमी’का लागि डा. रुइत विश्वमै परिचित छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म