२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिममा झन् फैलदैं स्क्रब टाइफस

सुदूरपश्चिममा झन् फैलदैं स्क्रब टाइफस


कैलाली–सुदूरपश्चिममा स्क्रब टाइफसका बिरामी बढदै गएका छन् । सुदूरपश्चिमका सबै ९ जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका हुन । ती मध्ये डडेल्धुरामा टाइफसका बिरामी धेरै देखिएको स्वास्थ्य निर्देशनलायले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार डडेल्धुरामा ९१ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।यो आँकडा सुदूरपश्चिममै बढी भएको निर्देशनालयको भनाई छ । त्यस्तै, कैलालीमा ६४ जनामा टाइफसको संक्रमण देखिएको छ भने बैतडीमा ३८ जनामा उक्त रोगको संक्रमण देखिएको छ ।

कञ्चनपुरमा १८, बझाङमा ९, डोटीमा ८, दार्चुलामा ५, अछाममा २ र बाजुरामा १ जना टाइफसका बिरामी भेटिएका छन् । पछिल्लो समय प्राणधातक रुपमा फैलिएको स्क्रब टाइफस रोग मुसाबाट माइस जिवाणुले मनिसमा सार्न गरेको छ । स्क्रब टाइफस रोग लागेमा ज्वोरो आउने, मांशपेशी दुख्ने, अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकीलाग्ने जस्ता लक्षण देखापर्ने डडेल्धुरा अस्पतालका डा.नरेश श्रेष्ठ बताउँछन् । स्क्रब टाइफसको प्रमुख लक्षण छलामा घाउ देखिने भएपनि डडेल्धुरा अस्पतालमा लामो समयदेखि टाउको दुख्ने आँखाको नानी दुख्ने र सुख्खा खोकी लाग्ने लक्षण भएका बिरामी आउने गरेको उनले बताए ।

व्यक्तिगत स्वास्थयमा ध्यान नदिदाँ यो रोगको संक्रमण बढने भएकाले पुरै शरिर ढाकिने लुगा लगाउन, खुल्ला ठांउमा शौच नगर्न र स्क्रब टाइफसका लक्षण्ह देखिएमा डाक्टरहरुसंग परामर्श लिन उनले सुझाव दिए । अझै पनि समान्य ज्वरो भनेर वेवास्ता गरिने हुँदा दुर्गम क्षेत्रमा रोगको संक्रमण अझ बढी भएको हुनसक्ने नेपालगंज मेडीकल कलेजका डा.होमनाथ अधिकारीले बताए ।

यस आर्थिक बर्षमा स्क्रब टाइफसबाट २ जनाको मृत्यु भएको छ भने अघिल्लो वर्ष यो रोगबाट डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकाका एक जनाको ज्यान गएको थियो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ