२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वतन्त्र उम्मेदवारका १६ एजेण्डा : बेरोजगार चिकित्सकलाई रोजगारीदेखि स्वास्थ्यकर्मी अस्पतालसम्म

स्वतन्त्र उम्मेदवारका १६ एजेण्डा : बेरोजगार चिकित्सकलाई रोजगारीदेखि स्वास्थ्यकर्मी अस्पतालसम्म


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनका लागि स्वतन्त्र रुपमा चुनावी मैदानमा रहेका चिकित्सकहरुको टिमले १६ बुँदे एजेण्डा सार्वजनिक गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर उक्त टिमले स्वास्थ्यकर्मी अस्पताल बनाउन पहल गर्नेदेखि चिकित्सकहरुका जीवन बिमाको लागि पहल गर्नेसम्मका एजेण्डाहरु सार्वजनिक गरेको हो ।

एनएमएमा पुस्तान्तरणसहितको रुपान्तरण भन्ने नारासहित चुनावी मैदानमा रहेका उनीहरुले आफ्नो एजेण्डामा विभिन्न कुराहरु अगाडि सारेका छन् । जसमा एनएमए सदस्या शुल्कदेखि एनएमएमा थन्किएको एम्बुलेसन्न संचालनका कुराहरु पनि छन् ।

घोषणापत्रमा स्वतन्त्र प्यानलले मेडिकल डाक्टर पढेर फार्मेसी सञ्चालन गर्न चाहने डाक्टरहरुको लागि एमबीबीएसको प्रमाणपत्रकै आधारमा फार्मेसीको परीक्षा दिन सकिने व्यवस्था गर्ने पनि उल्लेख गरिएको छ । यस्तै, मेडिकल अधिकृतको सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागु गर्ने, बेरोजगारका लागि रोजगारीको व्यवस्था गर्ने, एमडी एमएस अध्ययनका लागि एक वर्षको अनुभवको व्यवस्था हटाउने एजेण्डा अगाडि सारेका छन् ।

रेजिडेन्टहरुका लागि ड्युटी आवर र स्टेपेन्डको व्यवस्था गर्ने, चिकित्सकको सेक्युरिटी, स्यालरी र स्कील विकासका लागि पहल गर्ने, एमएमए सदस्यको उम्मेदवार बन्न स्थायी सदस्या लिएको र पदाधिकारीको उम्मेदवार बन्न ४ वर्ष पुगेको हुनुपर्ने व्यवस्था गर्न पहल गर्ने, अन्डरग्राजुयट र पोष्ट ग्राजुयटको सिटको अनुपात मिलाउन पहल गर्ने, लोकसेवामा चिकित्सक दरबन्दी बढाउन दबाब दिने, मेडिकल अधिृकत र रेजिडेन्ट चिकित्सकको ड्युटी आवर वैज्ञानिक बनाउन पहल गर्ने, चिकित्सकको जीवन बिमा र स्वास्थ्य बिमा गर्न पहल गर्नेलगायतका एजेण्डा पनि स्वतन्त्र टिमले अगाडि सारेको छ ।

यस्तै, प्रेस्क्रीप्सनमा जेनेरिक नाम लेख्ने व्यवस्थालाई अनिवार्य कार्यन्वय गराउने, एनएमएमा थन्केर बसेको एम्बुलेन्स संचालनमा ल्याउने, एनएमए सदस्यता शुल्क १ हजार रुपैयाँ बनाउने, राजनीतिक हस्तक्षेपमुक्त स्वास्थ्य सेवा बनाउन पहल गर्ने एजेण्डा पनि स्वतन्त्र उम्मेदवारले अगाडि सारेका छन् ।

स्वतन्त्र रूपमा एनएमए अध्यक्षमा  डा. शिवजी सिलवाल, उपाध्यक्षमा उम्मेदवार डा. अजय मिश्र, महासचिवमा डा. अमृत भुसाल र सदस्यहरुमा डा. चेतन बस्नेत र डा. मोहम्मत अनमुल हकीको उम्मेदवारी रहेको छ । उनीहरुले संयुक्त पत्रकार सम्मेलन गरेर उक्त एजेण्डा सार्वजनिक गरेका हो ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ