२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल अर्थोपेडिक अस्पतालको नयाँ निर्देशकमा डा. भण्डारी

नेपाल अर्थोपेडिक अस्पतालको नयाँ निर्देशकमा डा. भण्डारी


काठमाडौं-जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको निर्देशकमा डा. कैलाश भण्डारी नियुक्त भएका छन् । यसअघिका निर्देशक डा. युवराज खरेलको कार्यकाल सकिएपछि डा. भण्डारी अस्पतालको नयाँ निर्देशकमा नियुक्त भएका हुन् ।

१५ पुसदेखि अस्पताल निर्देशक नियुक्त भएका उनले शुक्रबारबाट औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन् । उनको कार्यकाल तीन वर्षको हुनेछ ।

डा. भण्डारी २० वर्षदेखि नेपाल अर्थोपेडिक अस्पतालमा अर्थोपेडिक सर्जनका रुपमा कार्यरत छन् ।

अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत धिरज मैनालीकाअनुसार अस्पतालमा १९ जना अर्थोपेडिक सर्जन, २ जना एनेस्थेसिया विशेषज्ञ चिकित्सकसहित १८० जना कर्मचारी कार्यरत छन् । उनकाअनुसार अस्पतालमा दैनिक औसत २ सय जना बिरामीले ओपीडी सेवा लिदैं आएका छन् । अस्पतालले औसतमा वार्षिक ७५ हजार बिरामीलाई अर्थो तथा ट्रमाको विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।

१०० शैय्याको यो अस्पतालले गरिब तथा विपन्न वर्गका बिरामीलाई ट्रमा तथा अर्थोपेडिक सेवा सहुलियतमा प्रदान गर्दै आएको छ । ‘हामीले १ सय ५० रुपैयाँमा विशेषज्ञ ओपीडी सेवा बिरामीलाई प्रदान गर्दै आएका छौं,’ मैनालीले थपे, ‘यो गरिब तथा विपन्नहरुको सेवामा लागि परेको गैरनाफामूलक अग्रणी अस्पताल हो ।’

सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्र र रोटरी इन्टरनेशनलले गैरनाफामुलक संस्थाका रुपमा अस्पताल स्थापना गरेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ