२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमन्त्रालयको बाँडफाँड आज, स्वास्थ्यको कमाण्ड कसको हातमा ?

मन्त्रालयको बाँडफाँड आज, स्वास्थ्यको कमाण्ड कसको हातमा ?


काठमाडौं—सत्तारुढ गठबन्धनले मन्त्रालय बाँडफाँड गर्ने गृहकार्य अगाडि बढाएको छ । बिहीबार मन्त्रालय बाँडफाँडका लागि सत्ता गठबन्धनमा सहभागी दलहरुबीच वालुवाटारमा बैठक हुँदैंछ ।

उक्त बैठकअघि अहिले गठबन्धनको सबैभन्दा ठूलो दलका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच छलफल जारी छ । प्रधानमन्त्री र ओलीबीच बुधबार बालकोटमा पनि छलफल भएको थियो ।

प्रधानमन्त्री र ओलीको छलफल सकिएलगतै बालुवाटारमा गठबन्धन दलहरुको बैठक बस्दैंछ । बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाउने छ । अहिलेसम्म उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयमा नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछानेले जिम्मेवारी पाइसकेका छन् ।

मन्त्री नियुक्त भएपछि एमालेका सांसद राजेन्द्र राई, दामोदर भण्डारी र ज्वालाकुमारी साहले भने मन्त्रालय पाएका छैनन् । यसैगरी जनमत पार्टीबाट मन्त्री भएका अब्दुल खान पनि अहिले विनाविभागीय मन्त्री नै छ ।

बिहीबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कुन पार्टीले लिने भन्ने विषय पनि टुंगो लाग्ने छ । स्वास्थ्य मन्त्रालय एमाले वा राष्ट्रिय स्वतन्त्र पार्टीले लिने सम्भावना बढी रहेको बताइन्छ । तर, बिहीबार साँझ बस्ने गठबन्धन दलहरुको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाउनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ