२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनाम दर्ता गरेकालाई मात्र नियुक्ति दिन नेपाल फार्मेसी परिषदको निर्देशन

नाम दर्ता गरेकालाई मात्र नियुक्ति दिन नेपाल फार्मेसी परिषदको निर्देशन


काठमाडौं – नेपाल फार्मेसी परिषदले औषधि उद्योगमा काम गर्ने विदेशी फर्मासिस्ट र फार्मेसी सहायकहरूलाई नाम दर्ता गराउन अनुरोध गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै परिषदले नयाँ नियुक्ति दिँदा नेपाल फार्मेसी परिषदमा नाम दर्ता गराएकालाई मात्र नियुक्त गर्न निर्देशन दिएको हो ।

परिषदले औषधि उत्पादन तथा गुणस्तर कायम गर्ने कार्यमा स्वदेशी तथा विदेशी फर्मासिष्ट र फार्मेसी सहायकले नेपाल फार्मेसी परिषद ऐन २०५७ बमोजिम नाम दर्ता नगरी व्यवसाय सञ्चालन गर्न नमिल्ने व्यवस्थाबारे बताउँदै उक्त सूचना जारी गरेको ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ