२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण, १९ वर्षीय छोराले दिए ५२ वर्षीय बुवालाई कलेजो दान

त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण, १९ वर्षीय छोराले दिए ५२ वर्षीय बुवालाई कलेजो दान


काठमाडौं-त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । शुक्रबार कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेश सिंह भण्डारीको नेतृत्वमा शिक्षण अस्पतालमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको हो ।

काठमाडौं बाहिरका ५२ वर्षीय पुरुषलाई उनका १९ वर्षीय छोरा दायाँ कलेजो दान गरेको डा. भण्डारीले हेल्थआवाजलाई जानकारी दिए । ‘हामीले सफलतापूर्वक नवौं कलेजो प्रत्यारोपण सम्पन्न गरेका गरेका छौं’ उनले भने, ‘बिरामीको अवस्थामा सामान्य छ ।’

डा. भण्डारीसहितको टिमलाई भारतको फोर्टिस अस्पतालको कलेजो प्रत्यारोपण टिमले सहयोग गरेको थियो ।

डा. भण्डारीकै नेतृत्वमा त्रिवि शिक्षणमा ८ वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । त्रिवि शिक्षणले ०७७ चैतमा ११ महिनाका बालकमा पनि सफल कलेजो प्रत्यारोपण गसिसकेको छ । जुन नेपालमै पहिलो बाल कलेजो प्रत्यारोपण थियो ।

त्रिवि शिक्षणले कलेजो प्रत्यारोपणमा प्राप्त गरिरहेको सफलता नेपाली बिरामीहरुलाई नेपालमै उपचार गर्न सहज हुदैं गएको छ । आर्थिक रुपमा पनि विदेशमा गएर कलेजो प्रत्यारोपण गर्नुभन्दा नेपालमै गर्दा कम खर्च लाग्ने चिकित्सकहरु बताउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ