२०८३ असोज १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ विमान दुर्घटना पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेलको निधन

विमान दुर्घटना पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेलको निधन


काठमाडौं—पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा युवा पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ । आइतबार विहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९एन—एनएनसी एटीआर विमान सेती खोचमा दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा ३७ वर्षीय पौडेलको पनि निधन भएको पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै महासंघका केन्द्रीय सदस्य पौडेलको दुर्घटनामा निधन भएको खबरले महासंघ स्तब्ध र शोकमग्न भएको बताएका छन् ।

महासंघले उनको निधनबाट नेपाली पत्रकारिताले एक अनुभवी, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको उल्लेख गरेको छ ।

०७७ मा भएको निर्वाचनबाट उनी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । वि.सं. ०७४ सालमा उनले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश शाखाको संस्थापक अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका उनले विभिन्न संचार माध्यममा काम गरेका थिए । उनका आमा, श्रीमती र एक छोरा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ