२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशघटेन नवजात शिशु मृत्युदर

घटेन नवजात शिशु मृत्युदर


जुम्ला – दिगो विकासअनुरूप आगामी ८ वर्षभित्र (सन् २०३० सम्म) नेपालले नवजात शिशु मृत्युदरलाई प्रतिहजार जीवित जन्ममध्ये १२ जनामा झार्नु पर्ने हो ।

यही लक्ष्य पूरा गर्न सरकारले ‘नेपाल सुरक्षित मातृत्व र नवजात स्वास्थ्य २०३०’ रोडम्याप नै लागू गरेको छ । तर पछिल्लो ६ वर्षमा सुधार नदेखिएको तथ्यले दिगो लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ ।

जुम्लामा गएको आर्थिक वर्ष ०७८/०७९ मा ३४ जना शिशु मृत्यु भएको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्याङ्क उल्लेख छ । मातृ सुरक्षा कार्यक्रमकी फोकलप्रसन मोर्चा शाहीले भनिन् यसअघि आर्थिक वर्ष ०७७/०७८ मा पनि ३९ जना शिशुको मृत्यु भएको छ ।

उनले भनिन् २८ हप्तादेखि ७ दिन भित्रका बच्चाको बढी मृत्यु भएको हो ।

गर्भवती आमाले अल्ट्रा साउन भिडियो एक्स-रे परीक्षण नगर्दा बच्चाका अवस्था थाहा नहुँदा एभोर्सन गर्दा शिशु मृत्युदर धेरै देखिएको हो । चालु आर्थिक वर्षको माघ पहिलो सातासम्म कुनै पनि शिशु मृत्यु नभएको जनाएको छ ।

करोडौँ सरकारी कोष खर्चेर निःशुल्क हवाई उद्धारको अभियान चलिरहे पनि मातृ मृत्युदर टरेको छैन । ०७५/०७६ देखि गत वैशाखसम्म ३६० आमाको निःशुल्क उद्धार हुँदा यही अवधिमा अरू ७८९ गर्भवती तथा सुत्केरीको मृत्यु भएको सरकारी अभिलेख छ ।

नवजात शिशु मृत्युदरमा सुधार नआए पनि पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर र बाल मृत्युदरमा केही सुधार देखिन्छ । ६ वर्षअघिको सर्वेक्षणमा पाँचौँ जन्मोत्सव मनाउन नपाउने बालबालिका प्रत्येक एक हजारमध्ये ३९ जना थिए, हालको सर्वेक्षणमा यो दर ३३ जनामा झरेको छ ।

नवजात शिशु मृत्युदर धनी वर्गका परिवारको तुलनामा न्यून आर्थिक अवस्था भएकाहरूमा लगभग दोब्बर र कलिला आमामा यो दर उच्च रहेको युनिसेफको अध्ययनले देखाएको छ ।

चेतनाको कमी, जन्मँदाको समयमा औसतभन्दा सानो वा ठुलो तौल, सुत्केरी गराइने स्थान, रक्त अल्पताजस्ता कारण नवजात शिशुको मृत्यु हुने गरेको ‘नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम’को अध्ययनले देखाएको छ ।

हालै प्रकाशित ‘आवधिक नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण’ ले पनि एक वर्षअघिको यो घटनाजस्तै नवजात शिशु मृत्युदर पछिल्लो ६ वर्षमा सुधार हुन नसकेको तथ्य उजागर गरेको छ ।

सन् २०१६ को सर्वेक्षणले प्रत्येक एक हजार जीवित शिशुको जन्म हुँदा २१ जनाको मृत्यु हुने गरेको देखाएको थियो । हालै प्रकाशित सर्भेमा अझै पनि प्रति एक हजार जीवित शिशुको जन्म हुँदा २१ जनाकै मृत्यु भइरहेको उल्लेख छ ।

जन्मपश्चात् पहिलो २८ दिनभित्र हुने मृत्युलाई नवजात शिशु मृत्यु भनिन्छ । नवजात शिशुको मृत्युदर सुदूरपश्चिम र कर्णाली प्रदेश सबैभन्दा उच्च २५ जना (प्रतिएक हजार जीवित जन्ममा) छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ