२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रतिष्ठानको पूर्वाधार विकास बजेट व्यवस्था गर्न अर्थमन्त्री पौडेलसँग छलफल

प्रतिष्ठानको पूर्वाधार विकास बजेट व्यवस्था गर्न अर्थमन्त्री पौडेलसँग छलफल


जुम्ला-पश्चिम नेपालकै ठुलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि आवश्यक बजेट व्यवस्था गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग अनुरोधसहित छलफल गरिएको छ ।

प्रतिष्ठानका पदाधिकारीसहित कर्णालीका वर्तमान र पुर्व सांसदहरुको सम्मिलित टोलीले अर्थमन्त्री पौडेलसँग नै छलफल गरी प्रतिष्ठानको पूर्वाधार विकास बजेट व्यवस्थापन गर्न अनुरोध गरेको हो ।

प्रतिष्ठानका रजिस्ट्रार निर्पेन्द्र महतका अनुसार प्रतिष्ठानमा भौतिक संरचना अभाव छ । अहिले पनि प्रतिष्ठानले शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि ११/१२ घर भाडामा लिएर चलाएका छौँ । प्रोफेसर र चिकित्सकलाई अभावका लागि भौतिक संरचना अभाव नै छ ।

भौतिक संरचना निर्माण गर्नका लागि जग्गा प्राप्त भएको छ । तसर्थ भौतिक संरचना निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरिदिन अर्थमन्त्री पौडेलसँग छलफलसहित अनुरोध गरिएको रजिस्ट्रार महतले बताए ।

प्रतिष्ठानमा एमबिबिएस, एमडी, बी फार्मेसी, नर्सिङ , बिएनएस मिडवाइफ्री र विपिएचको अध्यापन भइरहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ