२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा जीप दुर्घटना हुँदा चार स्वास्थ्यकर्मीको मृत्यु, एक गम्भीर घाइते

सुर्खेतमा जीप दुर्घटना हुँदा चार स्वास्थ्यकर्मीको मृत्यु, एक गम्भीर घाइते


नेपालगन्ज – झुप्राखोला नजिक रत्नराजमार्गमा भएको जीप दुर्घटनामा चारजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका सदस्यहरु सागर शाही, दीपेन्द्रजंग शाही, बबिन शाही र राजेन्द्र बीसीको निधन भएको केन्द्रीय उपमहासचिव हिमालय तिवारीले पुष्टि गरेका छन् ।

मृत्यु हुनेमा डुंगेश्वर गाउँपालिकाका सागर शाही, स्वास्थ्य शाखा दैलेखका डुंगेश्वर गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र जंग शाही, भगवती माई गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बबिन शाही र गुराँस गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र बि.सी रहेका छन् ।

दुर्घटनामा परि सुर्खेत वीरेन्द्रनगरका २७ बर्षिय सागर शाही सवारी चालक हुन् ।

छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी आइतबार विहान २ः३० बजे अनियन्त्रित भई सडकदेखि करिव ७० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको र उपचारका क्रममा चार जनाको मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा दैलेख भैरवी गा.पा.– ५ बस्ने बर्ष २६ को बिरेन्द्र राज शाहीको छातीमा गम्भिर चोट लागेको छ । घाईतेको उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ