२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसम्यक डाइग्नोष्टिक अब बुढानिलकण्ठमा पनि

सम्यक डाइग्नोष्टिक अब बुढानिलकण्ठमा पनि


काठमाडौं—नेपालको पहिलो आईएसओ १५१८९ एक्रीडिटेड प्रयोगशाला सम्यक डाइग्नोष्टिक प्रा.लि.ले अब बुढानिलकण्ठबाट पनि सेवा दिने भएको छ । सोमबार बुढानिलकण्ठको चपली हाइट रुद्रेश्वर चोकमा विस्तारित नयाँ काउण्टरको उद्घाटन सम्यकका अध्यक्ष डा. केयुर गौतमले पानसमा वत्ती बालेर गरेका हुन् ।

‘यहाँका समुदायले ढोकैमा गुणस्तरीय रिपोर्ट प्राप्त गरुन भन्ने उद्देश्यका साथ हामीले कलेक्सन काउन्टर विस्तार गरेका हौं,’ अध्यक्ष गौतमले भने, ‘यही काउन्टर भएपछि उहाँहरु जावलाखेल धाउनुपर्ने बाध्यता हटेको छ ।’

विहान ७ बजेदेखि ९ बजेसम्म खुला हुने कलेक्सन काउन्टरमा प्याथालोजी सम्बन्धी सम्पूर्ण सेवाहरु उपलब्ध हुनेछन् । यसका साथै रिपोर्टहरुबारेमा एक जना मेडिकल अधिकृतले निःशुल्क परामर्श सेवा दिनेछन् ।

यो सम्यकको चौथो कलेक्सन काउन्टर हो । जावलाखेलमा मुख्यालय रहेको सम्यकको यसअघि भक्तपुरको गठ्ठाघर, मध्यबानेश्वर र सातदोबाटोमा कलेक्सन काउन्टर संचालनमा छ ।

अहिले सम्यकमा हर्मोन धेरै परीक्षण, टिबीको पिसिआर परीक्षण, बाथ रोग सम्बन्धी परीक्षण, मिर्गौला र कलेजो प्रत्यारोपणपछि हुने परीक्षण, वंशाणुगत रोगहरु सम्बन्धी परीक्षणका साथै नियमित रुटिङ परीक्षण हुँदै आएको छ ।

सन् २०१४ मा प्याथालोजिष्ट चिकित्सकहरुको अगुवाईमा स्थापना भएको सम्यक गुणस्तरीय प्रयोशालाका रुपमा स्थापित ल्याब हो । छोटो समय आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको बी ग्रेडको प्रयोगशाला सम्यकमा ६ जना प्याथालोजिष्ट पूर्णकालीन छन् । एक जना दन्त प्याथालोजिष्ट, एक जना माइक्रोबायोलोजिष्ट पार्टटाइम सक्रिय छन् भने २ जना मेडिकल अफिसर कार्यरत रहेका छन् । अहिले सम्यकमा ८० जना कर्मचारी काम गर्छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ