२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. गिरी विरुद्ध भ्रष्टाचारको मुद्धा दायर

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. गिरी विरुद्ध भ्रष्टाचारको मुद्धा दायर


काठमाडौं—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषज्ञ अदालतमा मुद्धा दायर गरेको हो । सोमबार अख्तियारले डा. गिरी विरुद्ध नपाएको ओहोदा पाए भनेर पदीय मर्यादा विपरित कार्य गरेको भन्दैं विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

उनी विरुद्ध अख्तियारमा नपाएको ‘प्राध्यापक’ ओहोदा पाए भनेर पदीय मर्यादा विपरित कार्य गरेको भन्ने उजुरी परेको थियो । उक्त उजुरीमाथि अख्तियार अनुसन्धान गर्दा डा. गिरीले प्रष्ठिानको उपकुलपति नियुक्त भइसकेपछि अरुले विश्वास गरोस भनेर बदनियतका साथ प्राध्यापक प्रयोग गरेको पाइएको थियो ।

फर्जी प्राध्यापक भएपछि अख्तियारले उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिम कसुर गरेको भन्दैं ऐनको दफा १५ अनुसार सजाय हुन र सोही ऐनको दफा २४ बमोजिम थप सजाय समेत माग दावी गरेको छ ।

अख्तियारको विज्ञप्ति

वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीले नपाएको ओहदा पाए भनी पदीय मर्यादा विपरीत कार्य गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा डा। ज्ञानेन्द्र गिरीले वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस्‍ भनी बदनियतसाथ कुनै पनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजायसमेतको मागदावी लिइएको छ।

साथै प्रतिवादी डा। ज्ञानेन्द्रमान सिंह कार्कीले डा। ज्ञानेन्द्र गिरीलाई प्रोफसर पदको अनुमोदनको लागि काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्नेमा निजले नियुक्ति दिएको आधारमा प्रतिवादी ज्ञानेन्द्र गिरीले नपाएको ओहदा प्रयोग गरेको र उक्त कार्यमा निज ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका रहेको देखिएको हुनाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा सोही ऐनको दफा २२ बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्ने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ