२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका विद्यार्थी र प्रहरीबीच झडप

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका विद्यार्थी र प्रहरीबीच झडप


काठमाडौं—होस्टल सुधारलगायतका माग राखेर आन्दोलनरत त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का विधार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनरत विद्यार्थीहरुले आईओएमको डिन कार्यलयमा तालाबन्दीसमेत गरेका थिए ।

उनीहरुले आफ्नो माग पूरा गर्नुपर्ने भन्दैं डिन कार्यलयमा लगाएको ताला खोल्न प्रशासनले मंगलबार प्रहरीको सहायता लिएपछि विवाद हुँदा प्रहरीले सामान्य हस्तक्षेप गरेको हो । सो क्रममा विद्यार्थीहरुले प्रशासन र प्रहरी विरुद्ध नाराबाजी गरेका थिए । सो क्रममा प्रहरीले दुई जना विद्यार्थीलाई नियन्त्रणमा लिएर छाडेको छ ।

जुनियर इन्टर्न र एमबीबीएस फोर्थ इयरका विद्यार्थीहरु चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टेल सुधार समूह बनाएर आन्दोलनमा थिए । उनीहरुले गरिब तथा जेनेहन्दार विद्यार्थीलाई छात्रवासको व्यवस्था हुनुपर्ने, डि र इ ब्लकका विद्यार्थीहरुलाई उचित ढंगले व्यवस्था गर्नुपर्ने, छात्रवासमा सिट अपुग भए बहालमा व्यवस्था गर्नुपर्नेलगायतका माग राखेका छन् ।

आन्दोलनरत विद्यार्थीहरुले पटक—पटक होस्टेलमै आएर धम्काउँदैं मानसिक यातना दिएको, क्षमताभन्दा बढी विद्यार्थीहरु राखिएको, क्याम्पस चिफले विजुली काटेर अन्धकार बनाएको, पानी नदिएर यातना दिएको आरोप क्याम्पस प्रशासनलाई लगाउँदैं आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ