२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतको भेरीगंगाले जटिल रोगका बिरामीलाई मासिक दुई हजार दिने

सुर्खेतको भेरीगंगाले जटिल रोगका बिरामीलाई मासिक दुई हजार दिने


सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिकाले जटिल रोग भएका बिरामीलाई मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको पहिलो बैठकले नगर सभाबाट पारित गरी नगरपालिकामा भएका नौ वटा रोगका बिरामीहरूलाई औषधी उपचारका लागि मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउने भएको हो ।

नगरपालिकाले जटिल रोग र प्यारालाइसिसबाट पुर्ण अशक्त भएका बिरामीहरूलाई उपचार खर्च सम्बन्धी कार्यविधि २०७९ अनुसार मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड ईन्जुरी, स्पाइनल ईन्जुरी, सिकलसेल, एनिमिया, प्यारालाइसिसलगायत नौ वटा रोग भएका बिरामीहरूलाई मासिक दुई हजार रकम उपलब्ध गराउने भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले बताए ।

‘बिरामीलाई केही आर्थिक सहायता पुगोस् भनेर नगरपालिकाले जटिल रोग भएका बिरामीलाई उपचार खर्च स्वरूप केही रकम दिन लागिएको छ ।’ उनले भने,‘यसले जटिल खालका बिरामीलाई औषधी खरिद गर्न सहयोग गर्छ ।’

मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड ईन्जुरी, स्पाइनल ईन्जुरी, सिकलसेल, एनिमिया, प्यारालाइसिस भएका बिरामीलाई हुन जाने आर्थिक भार कम गर्न औषधी उपचार बापत मासिक दुई हजार खर्च उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

उक्त रोग भएका पीडितहरूले रकम प्राप्त गर्नलाई चिकित्सकको सिफारिस, वडा कार्यालयको सिफारिस, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि तथा अन्य रोग प्रमाणित गर्ने आवश्यक कागजातसहित नगरपालिकामा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले स्वास्थ्य सम्बन्धी ३० लाख बजेट छुट्टाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ