२०७९ असार २३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार धनगढीका औषधि पसलमा अनुगमन

 धनगढीका औषधि पसलमा अनुगमन


धनगढी– धनगढी उपमहानगरपालिकाको समन्वयमा संयुक्त अनुगमन टोलीले आइतबार धनगढीमा औषधि पसलहरुको अनुगमन गरेको छ । टोलीले सेती प्रादेशिक अस्पताल वरपर रहेका औषधि पसलहरुमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा औषधि पसलहरुमा सञ्चालकहरु नभेटिएको, अर्कै ब्यक्तिको नाममा पसल दर्ता गरी औषधी पसल चलाएको, पसलमा डाक्टर राख्न चाहिने क्लिनिक सञ्चालन अनुमति नलिएको र क्लिनिक रहेका हरेक पसलमा रहेका प्रयोगशालाहरु समेत दर्ता नरहकेको पाइएको अनुगमन टोलीका सदस्य तथा धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख कुमभराजव शर्माले बताए ।

कुनै कुनै औषधी पसलमा औषधि ब्यवस्था विभागबाट जारी प्रमाण पत्र एक बर्ष समम्म पनि नवीरकण नभएको, चश्मा पसल सञ्चालन गर्ने अनुमति लिएर औषधि समेत बेचिरहेको समेत भेटिएकोले सबैलाई एक हप्ताको समय दिएर आवश्यक कागजपत्र बनाउन भनिएको शर्माले बताए ।

अनुगमन टोलीमा धनगढी उपमहानगरपालिका, बाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा उपभोक्ता हित संरक्षण मञ्च सुदूरपश्चिम प्रदेश समिति र नेपाल पत्रकार महासंघका प्रतिनिधि रहेका थिए । ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)