२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ स्वतः विजयी हुनुपर्ने माग गर्दै निर्वाचन आयोगमा

पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ स्वतः विजयी हुनुपर्ने माग गर्दै निर्वाचन आयोगमा


काठमाडौं—पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ चिवतन क्षेत्र नंं २ मा आफूलाई स्वतः निर्वाचित गर्नुपर्ने माग गर्दै निर्वाचन आयोग पुगेका छन् । चितवन २ मा प्रतिनिधीसभामा निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्चबाट पदमुक्त भएसँगै श्रेष्ठ आफूलाई निर्वाचित घोषणा गर्नुपर्ने माग गर्दै आयोग पुगेको हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्रेष्ठ रवि पदमुक्त भएसँगै आफूलाई निर्वाचित गर्नुपर्ने माग गर्दै आयोग पुगेका हुन् ।

गत मंसिरमा भएको निर्वाचनमा चितवनमा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने ४९ हजार २६४ मत ल्याएर प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए भने एमालेको उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत ल्याएका थिए ।

नयाँ सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको रास्वपाका सभापति लामिछाने गृहमन्त्री बनेका थिए । तर, १३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ