२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु

कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु


सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । कर्णाली प्रदेश अस्पतालमा शनिबारबाट मिर्गौला प्रत्यारोपण सुरु भएको हो ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा सेवा बिस्तार गर्ने कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पनि मिर्गौला प्रत्यारोपण सुरु गरिएको छ ।

कर्णाली प्रदेश अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यारोपणका लागि २०७८ साल चैत्र १० गते सम्झौता गरेको भएपनि त्यसको १० महिनापछि सेवा सुचारु गरिएको हो ।

शनिवार(हिजो) नवलपरासी जिल्ला बर्दघाट  नगरपालिका–४ निवासी ४३ वर्षीया आमाले आफ्ना २२ वर्षीया छोरालाई मिर्गौला दान गर्नु भएको र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुस्करचन्द्र श्रेष्ठको नेतृत्वमा मिर्गौला प्रत्यारोपण गरिएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले जानकारी दिए ।

‘केन्द्रका शल्यचिकित्सक डा. रविकिरण  गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. सोभित थापा, डा. रमित श्रेष्ठ, नेफ्रोलोजिष्ट डा.सुमित आचार्य, डा. दीपा लामिछाने, रेडियोलोजिष्ट डा.समिर दवाडी संग्लन हुनुहुन्थ्यो,’ उनले भने, ‘प्रदेश अस्पतालका तर्फबाट म आफै, सल्यचिकित्सक, गणेश थापा, डा. विकास खड्का, एनेस्थेसियोलोजिष्ट डा. पुजन बल, डा. जेनी बज्राचार्य, फिजिसियन डा.कुलराज साहीलगायतका चिकित्सक टोलीको सहभागिता रहेको थियो ।’

काठमाडौं बाहिर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा द्रोश्रो पटक मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना भएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले बताए । ‘अहिले केन्द्रका चिकित्सकले नै यहाँ मिर्गौला प्रत्यारोपण गर्नुहुन्छ,’ उनले भने, ‘पछि यहीका डाक्टरहरूलाई फलोसिप दिएर यहीका डाक्टरले प्रत्यारोपण गर्ने काम गर्नुहुनेछ ।’

देशभरमा ७ सय जना मिर्गौला प्रत्यारोपणको प्रतीक्षामा
हाल देशभरका सात सय जना मिर्गौला प्रत्यारोपणको प्रतीक्षामा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । ‘नेपालमा अहिले सात सयभन्दा बढी मिर्गौलाका बिरामीहरू प्रत्यारोपणको प्रतीक्षामा रहनु भएको छ ।’ उनले भने,‘कर्णालीमा मिर्गौला प्रत्यारोपण सुरु भए मिर्गौलाका बिरामीलाई केही राहत हुन्छ ।’

मिर्गौला प्रत्यारोपण जटिल कार्य भएका कारणले नेपालमा धेरैको मिर्गौला प्रत्यारोपण सहज तरिकाले सेवा दिन नसकिएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठको बताए ।

पश्चिम नेपालका मिर्गौला बिरामीले कर्णालीका सेवा पाउने अपेक्षा
कर्णाली प्रदेश अस्पतालबाट कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मिर्गौलाका बिरामीले उपचार पाउने अपेक्षा गरेका छन् ।

कर्णाली प्रदेश अस्पतालबाट कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मिर्गौलाका बिरामीले उपचार पाउने कर्णालीका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए ।

‘मिर्गौला प्रत्यारोपणको काम काठमाडौँमा मात्र हुने गरेको थियो । अहिले कर्णाली प्रदेश अस्पतालबाट सुरु भएपछि पश्चिम नेपालका नागरिकको प्रदेश अस्पतालबाट नै मिर्गौला प्रत्यारोपण हुनेछ,’ उनले भने, ‘यसका लागि मेरो नेतृत्वको सरकारले पहल चालेको थियो । त्यो इच्छा पुरा भएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ