२०८० फागुन १६, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतको चिङगाडमा रेविज सङ्क्रमण देखियोे

सुर्खेतको चिङगाडमा रेविज सङ्क्रमण देखियोे


सुर्खेत – सुर्खेतको चिङगाड गाउँपालिकामा पशुहरूमा रेबिज सङ्क्रमण देखिएको छ । फैलिएको छ । कुकुर तथा बिरालोमा रेबिज रोगको सङ्क्रमण देखिए हो ।

माघको पहिलो हप्तादेखि कुकुर र बिरालोमा रेबिजका लक्षण देखिएको छ । रेबिज सङ्क्रमण भएको कुकुरको टोकाइबाट ५ वटा भैँसीको मृत्यु हुनुका साथै रेबिज सङ्क्रमणबाट ९ वटा कुकुर मरिसकेको गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख शेरबहादुर रानाले बताए ।

रेबिज लागेका पशुहरूको सम्पर्क रहेका १५० जनाभन्दा बढी स्थानीयहरूलाई रेबिज विरुद्धको खोप लगाइएको पशु सेवा शाखाका प्रमुख रानाले बताए ।

रेबिज रोग नियन्त्रणका लागि गाउँपालिकाको पशु सेवा शाखाबाट पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाबाट १५० डोज, पशुपंक्षी निर्देशनालयबाट १५० डोज र गाउँपालिकाको पशु सेवा शाखाबाट १००० डोज गरी कुल १३०० डोज भ्याक्सिन कुकुरमा लगाइएको पशु सेवा शाखा प्रमुख रानाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ