२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघ निर्वाचन : डा. अनिलविक्रम कार्कीको अग्रता कायमै

नेपाल चिकित्सक संघ निर्वाचन : डा. अनिलविक्रम कार्कीको अग्रता कायमै


काठमाडौं—नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा मतपरिणाम आउने क्रम जारी छ । सोमबार साँझ ५ बजेसम्मको मतपरिणामअनुसार डा. अनिलविक्रम कार्कीले अग्रता लिइरहेका छन् ।

२८४३ मत गणना हुँदा डा. कार्कीले १६०७ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका डा. सन्तोष पौडेलले १०३९ मत ल्याएका छन् । यसैगरी अध्यक्षका अर्का उम्मेदवार डा. शिवजी सिलवालले १०९ मत पाएका छन् ।

यसैगरी महासचिवमा डा. संजीव तिवारीले १२५१ मतका साथ अग्रता लिइरहेका छन् । यसैगरी डा. रक्षा श्रेष्ठले ७१४ र डा. अमृत भुसालले ७०५ मत ल्याएका छन् ।

प्रदेश उपाध्यक्षतर्फ मधेश प्रदेशमा डा. निरजकुमार सिंहले १२४८, डा. महेश महासेठले ७५७ र डा. अजयकुमार मिश्रले ५९४ मत ल्याएका छन् ।

बागमती प्रदेश उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले १५२५ र डा. सन्जय ठाकुरले १०२५ मत पाएका छन् ।

गण्डकी प्रदेश उपाध्यक्षका लागि डा. राजन शर्मा १५७१ र डा. विकास गौचतले १०१९ मत ल्याएका छन् ।

सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा. प्रशान्त भट्ट १५३० र डा.निरज अर्यालले १०२० मत ल्याएका छन् ।

सदस्यहरुमा
डा. अभियान गौतम ८६०
डा. अमित रन्जन मिश्र १५७५
डा. चेतन बस्नेत ६४७
डा. किशोर खत्री १३८६
डा. मनोर दिन सैयद ९२२
डा. मोहम्मद अमुल हक ४३२
डा. पदम नेपाली १२०९
डा. रमेश श्रेष्ठ ८०४
डा. रामकृष्ण आचार्य ६३२
डा. स्मृति महत ११८७
डा. सृजना विष्ट १३६०
डा. सुरेन्द्र यादव ७५८
डा. तेज्सु सिंह मल्ल १४५४
डा. योभिन यादव १३२५


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ