२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघ मतगणनाः डा. अनिलविक्रमको फराकिलो अग्रता, कसले कति भोट ल्याए ?

नेपाल चिकित्सक संघ मतगणनाः डा. अनिलविक्रमको फराकिलो अग्रता, कसले कति भोट ल्याए ?


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । मंगलबार विहानसम्म राजधानीबाहिरको मतगणना सकिँदा ५०१७ मतगणना भएको छ ।

अध्यक्षमा सुरुवातीदेखि नै अग्रता लिइरहेका डा. अनिलविक्रम कार्कीको अग्रता कायमै छ । उनले २७९९ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका डा. सन्तोष पौडेलले १८७२ मत ल्याएका छन् । यसैगरी अध्यक्षका अर्का प्रत्यासी डा. शिवजी विक्रम सिलवालले २२९ मत ल्याएका छन् ।

महासचिवमा डा. संजीव तिवारी २२५९ मतका साथ अग्र स्थानमा छन् भने डा. अमृत भुसाल १२५९ मतका साथ दोस्रो स्थानमा छन् । डा. रक्षा श्रेष्ठले भने १२१६ मत ल्याएकी छन् ।

मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह २४२९ मतका साथ अग्र स्थानमा छन् । उनलाई पछ्याइरहेका डा. महेश महासेठले १२६८  र डा. अजयकुमार मिश्रले ९०७ मत ल्याएका छन् ।

बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले २७५७ मतका साथ अग्रता बनाइरहेका छन् उनलाई डा. संजय ठाकुरले १८२७ मतका साथ पछ्याइरहेका छन् ।

गण्डकी प्रदेशमा डा. राजन शर्माले २६६६ मतका साथ अग्रता हासिल गरिरहेका छन् भने उनलाई डा. विकास गौचन १८७९ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रकान्त भट्ट २६५७ मतका साथ अग्र स्थानमा छन् भने उनलाई डा. निरज अर्याल १८६१ मतका साथ पछ्याइरहेका छन् ।

सदस्यहरुमा
डा. अभियान गौतम १५२१
डा. अमित रन्जन मिश्र २५४९
डा. चेतन बस्नेत ११८५
डा. किशोर खत्री २३६९
डा. मनोर दिन सैयद १६१६
डा. मोहम्मद अमुल हक ९४३
डा. पदम नेपाली २०८१
डा. रमेश श्रेष्ठ १३१२
डा. रामकृष्ण आचार्य ११५२
डा. स्मृति महत २१४४
डा. सृजना विष्ट २४३१
डा. सुरेन्द्र यादव   १४१६
डा. तेज्सु सिंह मल्ल २५६३
डा. योभिन यादव २२५५

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ