२०८३ कात्तिक ८, आइतवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री गिरी समिट अन प्यासेन्ट सेफ्टीमा भाग लिन स्वीटजरल्याण्ड जाने

स्वास्थ्यमन्त्री गिरी समिट अन प्यासेन्ट सेफ्टीमा भाग लिन स्वीटजरल्याण्ड जाने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी स्वीट्जरलयाण्डमा हुने ५ औं ग्लोबल मन्त्रीस्तरीय समिट अन प्यासेन्ट सेफ्टी विशेष सम्मेलनमा भाग लिने भएका छन् ।

४ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री गिरीलाई उक्त विशेष सम्मेलनमा भाग लिन स्वीट्जरल्याण्ड जानका लागि स्वीकृत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधी मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सरकारले भ्रमण स्वीकृत गरेसँगै मन्त्री गिरी ०७९ फागुन ११ देखि १२ सम्म स्वीट्जरल्याण्डमा हुने उक्त सम्मेलनमा भाग लिनेछन् ।

यस्तै, क्याबिनेट बैठकले साविक लुभु गाविस—३ को २/२ रोपनी सरकारी जग्गा लुभ प्राथमिक स्वास्थ्य केन्द्र निर्माणका लागि महालक्ष्मी नगरपालिकालाई उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी, १५ शैय्याको अस्पताल बनाउनका लागि साविकको थानकोट गाविस—२ मा रहेको जग्गा चन्द्रागिरी नगरपालिकालाई स्वीकृती दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ