२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबालिका उपचारमा लापरवाहीको आरोपः काउन्सिलद्वारा अस्पताल र चिकित्सकमाथि छानविन सुरू

बालिका उपचारमा लापरवाहीको आरोपः काउन्सिलद्वारा अस्पताल र चिकित्सकमाथि छानविन सुरू


काठमाडौं—कमल पोखरीमा रहेको हिमाल अस्पतालले उपचारका क्रममा चिकित्सक र अस्पतालले लापरवाही गरेका कारण २८ महिने बालिका प्रसंसा गौतमको मृत्यु भएको भन्दैं मृतकका आफन्तले छानविन गर्न नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता गरेका छन् ।

२३ माघमा हिमाल अस्पतालबाट रेफर भएर कान्ति हुँदै मेट्रो अस्पताल लगिएकी बालिका गौतमको उक्त अस्पताल पु¥याएको केही समयमा नै मृत्यु घोषणा भएको आफन्तले बताएका छन् ।

बालिकाको उपचारमा सही समयमा सही सल्लाह र उपचार नगरेर उपचारमा संलग्न चिकित्सक बालरोग विशेषज्ञ डा. जन्मदेव यादवले गम्भीर गल्तीका कारण मृत्यु भएको आरोप बिरामीका आफन्तले लगाएका हुन् ।

सो विषयमा मेडिकल काउन्सिलमा उजुरी परेको र सोही उजुरीका आधारमा काउन्सिलको इथिकल कमिटीले छानविन सुरु गरेको प्रवक्ता तथा रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

‘हिमाल अस्पताल र त्यहाँ कार्यरत चिकित्सकको लापरवाहीका कारण बालिकाको मृत्यु भएको भन्दैं कारवाहीका लागि निवेदन परेको छ,’ डा. अधिकारीले भने, ‘इथिकल समितिले त्यस विषयमा उपचार प्रक्रियाका कागजात मगाएर अध्ययन गरिरहेको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ